चट्याङ लागेर १३ जना घाइते, केहीको अबस्था गम्भिर



डडेल्धुरा, ११ जेठ
पानी र हावाहुरीसँगै आएको चट्याङले डडेल्धुराको पर्शुराम नगरपालिकामा १३ जना घाएते घएका छन् ।

बिहीबार बेलुका चट्यागं लागेर सो नगरपालिका ६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ ।
चट्याङबाट पर्शुराम–६ छेलाका २३ वर्षीया रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्ण धामी, २७ वर्षीया हरिना दमाई, १९ वर्षीया ललिता धामी, ४५ वर्षीया बेलादेवी धामी, २५ वर्षीया मायादेवी धामी, १२ वर्षीया सविना धामी, ७० वर्षीया धौलीदेवी धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

त्यस्तै, पर्शुराम नगरपालिका–७ का घाइते हुनेमा १४ वर्षीय धनराज भट्ट, ५० वर्षीया रत्नादेवी भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीया लक्ष्मी भट्ट रहेको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभयो ।

घाइते हुनेमध्ये बेलादेवी धामी र मायादेवी धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको जोगबुढा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अन्यको अवस्था सामान्य रहेको छ ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्