माहुरी पालेर स्वदेशमै आम्दानी



देवी भण्डारी
दाङ,११ जेठ । आफ्नै ठाउँमा दुःख गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दाङका एक माहुरी पालक किसानले देखाएका छन् । शान्तिनगर गाउपालिका ५ रगैचा निवासी सन्जय भण्डारीले माहुरी पालेर बार्षिक लाखौ रुपयाँ आम्दानी गर्न सफल हुन भएको छ ।बैदेशिक रोजगारलाई त्यागी मौरीपालन व्यवासाय सुरु गरेका भण्डारीले विगत १२ वर्ष देखि यसै व्यवसायलाई मुख्य आम्दानीको श्रोत बनाउँदै आउँनु भएको छ ।५ वटा घारबाट माहुरी बाट सुरु गर्नु भएका उहाँले हाल बढाएर १सय २५ घार पुर्याउनु भएको छ । उहाँले सिजनमा आठ/दश जनालाई रोजगार समेत दिदै आउँनु भएको छ ।

 

 

माहुरी पालनका विषयमा उहाँ संग गरेका थप कुराकानी

१) कति लगानीमा माहुरीपालन सुरुवात गर्नु भएको हो ?
विगत १२ वर्ष पहिला माहुरीपालन सुरुवात गर्दा ५० हजार लगानीमा सुरु गरे , त्यो समयमा ५ घार माहुरीबाट सुरुगरेको थिए । जतीबेला घरकै लागी सुरु गरिएको हो । विस्तारै त्यसैलाई अहिले व्यवसायको रुपमा संचालन गरिरहेको छु ।

२)पहिले र अहिले के फरक पाउनु भएको छ ?
सुरुमा समयमा माहुरी लाई कसरी हुर्काउने , मह कसरी निकाल्ने चिन्ता हुन्थ्यो गर्दै जादा सबैकुरा मिल्दो रहेछ । पहिले प्रविधिक ज्ञान थिएन अरुको सहयोग लिनु पर्न अबस्था थियो । सहयोग लिन पनि गाह्रो हुने गाउँमा कसैले माहुरी पालेका थिएनन् त्यसैले पनि आफुलाई चाहिने सिप सिक्न पनी टाढा पुग्नु पर्न बाध्यता थियो । गर्दै जादाँ सवै कुराको अनभव हुदो रहेछ , अहिले बसैजानेको र सकिेको हुदा प्रविधिक लगाएतका कुराहरुको सहयोगको आवश्यकता पदैन । अहिले सबैकुरा सह जबनेको छ ।

३) माहुरी पाल्न के के आवश्यकता पर्दाे रहेछ ?
पहिलो कुरा लगानीको त आवश्यकत पर्यो नै लगानी संग संगै सिप सिक्न पनि एकदमै जरुरी हुन्छ । माहुरीबपालन सम्बन्धि विभिन्न समयमा जिल्ला तहमा तालिमहरु पनि सन्चालन हुने गर्दछन् । ति तालिममा सहभागी भएर रामा्रे फाईदा लिन सकिन्छ । त्यस्ता तालिममा थोरै घार माहुरीलाई कसरी धेरै बनाउने , भाले माहुरी उत्पादन कसरी बढाउने लगाएतका कुराको जानकारी गराईने हुदा व्यवसाय गर्न सजिलो हुन्छ त्यसैले तालिमको एकदम आवश्यकता पर्दछ ।

४) अहिले माहुरीका घार कति छन् , वार्षिक आम्दानी कति हुन्छ ? एक्लै गर्नु हुन्छ की सहयोगी पनि हुनुहुन्छ ?
५ घारबाट शुरु गरेको अहिले १ सय २५ घारमा पुगेको छ । मह उतपादनबाट वार्षिक १० लाख सम्म आम्दानी हुन्छ । त्यसमा लगानी कटाएर ७दखि ८ लाखको विचमा आम्दानी हुने गरेको छ । एक्लै अलि सम्भव हुदैन सधै कामदार राख्ने गरेको छैन, सिजनमा ८ जना जती कामदारको आवश्यकता पर्छ । ८ जना सहयोगीको रुपमा कामदार राख्ने गरेको छु । सिजनको समयमा दाङमा बमात्र राखेर सम्भव नहुने भएकाले माहुरी चराउनलाई कैलाली तथा बबैरहवामा पनि लग्ने गरेका छौ । त्बयो समयमा कामदारहरु राखिन्छ । अन्य समयमा १ दिन हेरेपछि एक हप्ता सम्म हेर्नु नपर्ने भएकाले पनि एक्लैले चलिरहेको हो । मह उत्पादनको लागी चार सीजन हुन्छ तोरी , सिसौँ , चिउरी र रुदिलो सजिलो तोरीको सीबजनमा हुने हुदा चरणको लागी पनि हामीले तेहि समयमा लाने गर्छौ । आज भेलिको समयमा खासै उन्पादन पनि नहुने महुरीलाई चरण पनि हुदैन । सिजनको समयमा राम्रो आम्दानी हुन्छ ।

५) तपाई जस्तै माहुरी पाल्न चाहालेको लागी के भन्नु हुन्छ ?
महुरी पालन घरायसी काम संगै गर्न सकिने हुदा त्यति धेरै अफ्ठेरो हुदैन म मेरै गाउ ठाउमा कबहि गर्छु भन्नेको लागी त पहिला थोरै सिप सिक्नुस २ ,४ घार पालेर हुन्छ भन्ने हुदैन त्यसरी गरेको कुनै पनि व्यवसाय सफल हुदैन । व्यवसाय सफल बनाउन लगानी र सिपको एकदमै आवश्यक छ । कुबनै पनि कामको सुरुबवात गर्दा जानकार भएर गदा राम्रो हुन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्