एक मतदातालाई खर्च ४ सय ८८ रुपैयाँ



असार २४, २०७४ काठमाडौं 

पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा एक मतदाता बराबर ४ सय ८८ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणको ३, ४ र ६ प्रदेशमा ७३ प्रतिशतले मतदान गरेका थिए भने दोस्रो चरणको १, ५ र ७ प्रदेशम ७२।८ प्रतिशतले मतदान गरेका थिए। आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवका अनुसार दुबै चरणको निर्वाचनमा ५ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ। धेरै खर्चिलो भयो भन्ने छ निर्वाचन खर्चिलो त भइहाल्छु स्थानीय तह निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले भने एक मतदाता बराबर ४ सय ८८ रुपैयाँ खर्च भयो।

द्न्द्  भएको मुलुकम १० देखि ३० डलरसम्म खर्च हुन्छ। हामी पनि द्वन्द्वमै रहेका थियौं।निर्वाचनका लागि छुट्याएको रकममध्ये ३ अर्ब सरकारलाई फिर्ता गरिसकेको उनले बताए।  यस वर्षको निर्वाचनमा विदेशी सहयोग कमै लियौं, नेपाल सरकारको पैसा मात्रै खर्च गर्‍यौुं उनले भने। निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले नै मतदान गर्न नपाएको गुनासो आएपछि आगामी निर्वाचनमा अग्रिम मतदान गर्न पाउने व्यवस्था मिलाउने तयारी भइरहेको प्रमुख आयुक्त यादवले बताए। स्थानीय ठेगाना जहाँ हो त्यही ठाउँमा भोटिङ गर्नुपर्ने हुन्छु उनले भने मतदान गर्ने अधिकारबाट वञ्चित नगर्न मतदान गर्ने दिन भन्दा अघि नै निश्चित ठाउँमा मतदान गर्ने व्यवस्था गर्न लागेका हौं, यो व्यवस्थाले कोही विदेश जाने हुन सक्छ, भोट हालेर जान सक्छन्। मतदानमा खटिने कर्मचारीले नै पनि मतदान गर्न नपाउने अवस्था हट्नेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्