सनलाइट कम्प्युटरमा PDICA कोर्षका विद्यार्थीहरुलाई स्वागत तथा विदाई कार्यक्रम सम्पन्न



दाङ,३१ असार,
सनलाइट कम्प्युटर इन्स्टिच्यूट तथा राइट स्टेप एजुकेशनको संयुक्त अयोजनामा नयाँ विद्यार्थीलाई स्वागत तथा पुराना विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न भएको छ । सनलाइट कम्प्यूटर इन्स्टििच्यूटका व्यवस्थापक गणेश वलीको अध्यक्षतामा तथा राप्ति शिक्षा क्याम्पसका प्राध्यापक टंक शर्माको प्रमुख आथित्यता र राइटस्टेप एजुकेशन एकेडेमीका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र शर्मा पौडेल तथा सनलाइट कम्प्युटर इन्सिच्युटका वरिष्ठ सल्लाहकार तथा प्रशिक्षक गेहेन्द्र कुँवरको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो

उक्त कार्यक्रममा बोल्ने बतmाहरुले नेपाल भरीमा संचालीत २९ वटा जिल्लामा ४४ शाखा रहेको र लगातार दुई वर्षसम्म सबै भन्दा उत्कृष्ट सस्थाका रुपमा यस सनलाइट कम्प्युटर रहेको बताएका थिए। समयको माग अनुसार कम्प्युटर शिक्षाको आबश्यकता पर्ने कुरामा जोड दिएका थिए । यो प्रबिधिको युग भएकाले कम्प्युटर शिक्षा हरेकका लागी आबश्यक रहेको जान्कारी गराएका थिए। यो समयको माग अनुसार कम्प्यूटर शिक्षालाई व्यवस्थि गर्नका लागि जोड दिएका थिए ।

उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षाको अपरीहार्यरुपमा कम्प्यूटर रहेकोले सबै क्षेत्र तिर कम्प्यूटरको आश्यक हुने कुरामा जोड दिएका थिए । सो कार्यक्रममा कम्प्यूरटर क्षेत्रका वरिष्ट प्रशिक्षक गेहेन्द्र कुवरले कम्प्यूटर विषयको बारेमा स्पष्ट पार्नु भएको थियो । उक्त कार्यक्रममा टंक शर्मा, दिपेन्द्र शर्मा पौडेल, सुवास कुमार वली, गणेश वली लगाएका वक्ताहरु वोल्नु भएको थियो । श्रीगणेश वलीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण एलीसा खाती र समीर वि.क.ले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्