बलात्कार एक जघन्य अपराध



हिरा सिंह राना
साउन महिना थियो । म आफ्नै कार्यमा व्यस्त थिए । मेरो घरमा बिहानै राष्टीय तथा स्थानिय पत्रपत्रिकाहरु आइपुगे । तिपत्रपत्रिकाहरुमा बिभिन्न प्रकारका समाचारहरु छापिएका थिए । त्यतिकैमा राजधानीबाट प्रकाशित हुने एउटा राष्टीय दैनिक पत्रिकामा छापिएको समाचारले निकै मन दुखायो ।
जहाँ पत्रिकाको पहिलो पृष्ठमै ठुलाठुला अक्षरमा शिर्षक छापिएको थियो “बलात्कार ः न्याय खोज्दा अन्याय ।” त्यसमा छापिएका बलात्कार सम्बन्धी बिभिन्न घटनाहरुको बारेमा पढ्दा मन निकै दुखी भयो । उल्लेखित बलात्कारका घट्नाहरु अधिकांश अर्थात ७० प्रतिशत आफ्न्तहरुबाटै भएको उल्लेख थियो ।
छरछिमेकी, साथिभाइ तथा प्रेमीहरुबाट पनि थुप्रै बलात्कारका अपराध हुने गरेको उल्लेख थियो । कतिपय घटनाहरु पश्चात बलात्कृतको हत्या भएको र कतिपय अचेत बन्ने गरेको उल्लेख थियो । अझै घिनलाग्दो कुरा त के थियो भने बलात्कारमा आफ्नै बुबा, हजुरबुवा, काका अनि दाइहरु समेत संलग्न हुने गरेको पाइयो अझ दुख लाग्दो कुरा चाहिँ पिडितहरुले बर्षौ बित्दा पनि न्याय नपाएको बर न्याय खोज्न जादाँ उल्टै अन्याय भएको कुरा उल्लेख थियो ।
यो समाचारले मेरो मनमा निकै उथलपुथल मच्चायो ।उथलपुथल पनि किन नमच्चियोस जब की केहि दिन अघी मात्रै सुर्खेतकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको खबरले मेरो मन बिक्षिप्त नै थियो ।
मनमा आवेगको ज्वाला उत्पन्न भयो । आफै आफै प्रश्न गरिरहेको थिए की “यो देशमा के भइरहेको छ ?, किन मान्छेहरु यति जघन्य अपराध गर्न पछि पर्दैनन् ?, किन अरुको अस्मीता लुटेर उसको बाच्न पाउने अधिकार नै हनन गरिरहेका छन् ?” अनि राज्यसँग प्रश्न गर्न मन लाग्यो कि “सरकार बलात्कार जस्तो जघन्य अपराध गर्ने अपराधीहरुलाइ किन फासीको सजाय दिने कानुन नबनाएको ?, किन बलात्कारीलाइ उसको लिगं काटेर नपुंसक बनाउने कानुन नबनाएको ?, किन बलात्कारीलाइ आजीवन जन्मकैदको सजाय दिने कानुन नबनाएको ?, किन पिडितहरुले यो देशमा बर्षैसम्म पिडित हँदा पनि न्याय पाउन नसकेका ?, बरु उल्टै न्याय खोज्दा अन्याय भोग्न पर्छ होला ? किन बर्षैासम्म पनि बलात्कारका मुद्धाहरु टुङगो लाग्न नसकेका होलान् ?”
मनमा यस्तै यस्तै थुप्रै प्रश्नहरु खेलाउदै खेलाउदै आफ्नो अफिसतिर हिडे । हाम्रो देशमा बलात्कारको अवस्था के कस्तो छ भन्ने बारेमा अझै धेरै जान्न मान लाग्यो । अफिस पुग्न बितिकै इन्टरनेटको सहयोगमा हाम्रो देशमा बलात्कारको अवस्थाको बारेमा थुप्रै सामाग्रीहरु खोजे र ती सबैलाइ अध्ययन गरे । ती सामाग्रीहरु पढ्दा झन डरलाग्दा घटनाहरु भएको पाए । ४ बर्षिया बालिका देखी ७९ बर्षिया बृद्वा समेत बलात्कारको सिकार हुने गरेका रहेछन् भने बलात्कार गर्ने कार्यमा संलग्न हुने व्यक्ती चाही ८० बर्ष सम्मका बृद्व पनि पाइए ।
अर्को डरलाग्दो तथ्य त के थियो भने हाम्रो देशमा हरेक दिन ३ जना महिला बलात्कृत हुदाँ अरु २ जना महिला माथी बलात्कारको प्रयास हुने गरेको तथ्याङ्क प्रहरीमा रहेछ ।
ती मध्ये बलात्कारीको निशानामा धेरै जसो बालिका पर्ने गरेका रहेछन् । यो तथ्याङ्क त ती जोशिला महिला तथा तिनीहरुको सहयोगी परिवार अनि आफन्तहरुको हो जसले बलात्कार पश्चात वा बलात्कारको प्रयास भए पश्चात प्रहरी समक्ष उजुरी गरे र प्रहरीले पनि इमान्दारिताका साथ ती उजुरीहरु दर्ता गर्यो । धेरै जसो बलात्कार सम्बन्धी घटनाहरु त पिडित स्वयमले गर्ने आत्मगलानी र कतिपय अवस्थामा सामाजिक बहिस्कारसम्म हुन सक्ने डरले पनि बाहिर नल्याउने गरेको पाइन्छ ।
प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा बढि बलात्कारमा पर्नेहरुमा १० देखी १६ बर्ष उमेरका वालिकाहरु छन् । त्यसपछि १० बर्ष उमेर मुनिका वालिकाहरु छन् ।
प्रहरीको बिगत १९ बर्ष यताको तथ्याङ्क हेर्ने हो भने करिब ७००० महिलाहरु बलात्कृत भएको पाइन्छ । यो तथ्याङ्क हेर्दा नेपालमा प्रत्येक बर्ष १६ प्रतिशतको दरले बलात्कारको घटनाहरु बढेको पाइन्छ । समग्र विश्वको बलात्कारको तथ्याङ्क हेर्ने हो भने पनि बढ्दो क्रममा छ । नेपालको बिगत ४ बर्ष यताको तथ्याङ्क हेर्दा पनि प्रत्येक बर्ष बलात्कार बढ्दो क्रममाछ । आ.व. २०७१÷०७२ मा ९८१, आ.व. २०७२÷०७३ मा १०८९, आ.व. २०७३÷०७४ मा ११३१, आ.व. २०७४÷०७५ मा त्यो संख्या बढेर १२४४ पुगेको देखिन्छ । यि ४ बर्षमा मुलुक भरबाट ४४४५ महिला बलात्कृत भएका छन् ।
जस मध्ये १० बर्ष देखी १६ बर्ष  उमेरका बालिकाहरु १३१३, १०बर्ष उमेर मुनिका बालिकाहरु ८२०, १७ देखी १८ बर्ष उमेरका यूवतीहरु ४५१, र २० बर्ष उमेर माथिका महिलाहरु १५१६ बलात्कृत भएको प्रहरीसँग तथ्याङ्क छ । यस्ता घटनाहरु अधिकांश तराइ तथा बिकट ग्रामिण क्षेत्रमा बढ्दो क्रममा छन् । तथ्याङ्क अनुसार नेपालमा महिला मात्र नभएर पुरुष पनि बलात्कृत हुने गरेका छन् ।
नेपालमा जस्तै विश्वका अन्य देशमा पनि बलात्कारका घटनाहरु बढ्दो क्रममा छन् । जसमध्ये केही विश्वमा सबैभन्दा बढि बलात्कार हुने देशहरुको बारेमा पनि उल्लेख गरौ ः
१—दक्षिण अफ्रिका ः विश्वमा सबैभन्दा बढि बलात्कारका घटना हुने देशको पहिलो नम्बरमा दक्षिण अफ्रिका पर्छ । त्यहाँ हरेक बर्ष करिब ५ लाख महिला माथी बलात्कार हुने गर्दछ र प्रत्येक बर्ष ९ मा १ मात्र बलात्कारका घटनाहरु रेकर्डमा दर्ता हुने गर्दछन् । त्यहाँ महिला मात्र नभएर पुरुषहरु पनि बलात्कृत हुने गरेका छन् ।
२—भारत ः नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार २०१० को तुलनामा भारतमा बलात्कारको घट्नामा ७.५ प्रतिशतले बृद्वी भएको देखिन्छ । बलात्कारमा पर्नेहरुमा १८ देखी ३० बर्ष उमेर समुहका महिलाहरु बढि रहेका छन् ।
३—अमेरिका ः जर्जमेसन यूनिर्भसिटीको सेक्सुअल असाल्ट स्टेटिस्टिकका अनुसार प्रत्येक ३ मा १ महिलाले आफ्नो पुरै जीवनमा यौन शोषण झेल्ने गर्दछन् ।
४—स्वीडेन ः दक्षिण अफ्रिका पछि विश्वमा धेरै बलात्कारका घट्ना हुने देशको सूचिमा पर्दछ । त्यहाँका ४ मध्ये १ महिला बलात्कारको सिकार हुने गरेका छन् ।
५—इग्ल्याण्ड र वेल्स ः त्यहाँको कानुन बलात्कारको घटनामा अलि फरक छ । त्यहाँ बलात्कारी केवल पुरुषमात्र हुन सक्छन् । महिला बलात्कारीकोे लागी त्यर्हाँ कुनै पनि सजायको व्यवस्था छैन् । त्यहाँ हरेक बर्ष ७३ हजार महिला र १२ हजार पुरुषहरु बलात्कारको सिकार हुने गर्दछन् ।
नेपालको कानुन अनुसार कसैको मन्जुरी बिना करकाव, डर, धम्की वा बल प्रयोग गरि जबरजस्ती गरिने यौन क्रियालाई बलात्कार भनिन्छ । त्यसै गरी उमेर नपुगेका बालिकालाइ ललाइ फकाइ, मन्जुरी लिइ वा नलिइ गरिने यौनकार्यलाइ पनि बलात्कारको रुपमा लिइन्छ भनि उल्लेख गरिएको छ ।
कुनै महिलामाथी बलात्कार हुनुका थुप्रै कारणहरु हुन सक्दछन् तर ति मध्ये मुख्य कारण चाहीँ महिलाको शरिरलाई वस्तुको रुपमा हेर्ने पितृसत्तात्मक सोच हो ।
महिलाको शरिरलाइ खेलौना तथा मनोरञ्जनको साधनको रुपमा हेर्ने पुरुषको नालायकी सोचको कारणले नै महिलामाथी बलात्कारका घटनाहरु हुने गरेका छन् । होइन भने ति बिचारा ४ बर्षिया वालिकालाई के थाहा यौन भनेको के हो ? के उनी उत्तेजक व्यवहार देखाएर बलात्कृत भएकी होलीन त ?
बलात्कारका घटनाहरु हुनुको अन्य कारणहरुमा पुरुषहरु वैदेशिक रोजगारीको लागी विदेश जानु, स्कुल तथा कलेजमै व्वाईफ्रेन्ड र गर्लफ्रेन्ड संस्कृतीको विकास हुनु अनि विवाह नगरी सँगै बस्नु (लिभिङ टुगेदर) का कारणले पनि बलात्कारको घटना हुने गरेको प्रहरीले बताउने गरेको छ । प्रहरीका अनुसार पहिले हरेक सम्बन्धहरु सहमतिमै हुने र कुरा मिल्दा सम्म ठिक र कुरा नमिले पछि वा समाजले सम्बन्धको वारेमा थाहा पाए पछि त्यसबाट बच्नलाइ बलात्कारको संज्ञा दिने गरिन्छ ।
यस्तै बलात्कार हुनुको कारण बारे अधिकारकर्मी डा.रेणु अधिकारी भन्छीन “पितृ सत्ताले शुरुवात देखी नै महिलामाथी दमन गर्न उसको शरिर, श्रम र उत्पादकत्वमा नियन्त्रण गरिरहेको छ । अझै अगाडी बढेर भन्नुपर्दा महिलाको यौनिकतामा पितृसत्ता (पुरुषको मात्रै हो भन्ने सोचाइ) को नियन्त्रण छ ।
गत बर्षदेखी नेपाल सरकारले बलात्कार बिरुद्वको कानुन केही परिमार्जन गरेको छ ।जस अनुसार बलात्कारका घटना दर्ताको समयको सिमितता ३५ दिनबाट बढेर ६ महिना भएको छ ।
महिलाले आफ्नो जीवनकालमा कुनैपनि समयमा भएको बलात्कारको जहिलेपनि मुद्वा दर्ता गर्न पाउनुपर्छ भन्ने अन्र्तराष्टिय मान्यतामा आधारित भएर ६ महिनाको समयसिमा बनाइएको हो । हाम्रो देशमा बलात्कार सम्बन्धी बिभिन्न ऐनको पनि व्यवस्था गरिएको छ ।जसअनुसार निम्न रहेका छन् ः
–२०७५ भाद्र १ गतेदेखी लागु भएको संशोधितदेवानी तथा फौजदारी संहिता ऐनले व्यवस्था गरे अनुसार कसैले पनि बलात्कार गरेर हत्या गरेको खण्डमा उसलाइ जन्मकैदको सजाय हुनेछ ।
–१८ बर्षभन्दा कम उमेरकी वालिकालाई उसको मन्जुरी लिएरै करणी गरेपनि जबरजस्ती करणी ठहर्छ ।
–जबरजस्ती करणीमा सबैभन्दा बढि सजाय २० बर्षसम्मको कैदको व्यवस्था छ ।
–१० बर्षभन्दा कम उमेरकी वालिका बलात्कार गरेमा १६ देखी २० बर्ष सम्म कैद, १० बर्ष देखी १४ बर्ष उमेरकी वालिका भए १४ देखी १६ बर्ष कैद सजाय, १४ देखी १६ बर्ष उमेरकी भए १२ देखी १४ बर्ष कैद सजाय, १६ देखी १८ बर्ष उमेरकी भए १० देखी १२ बर्ष कैद सजाय र १८ बर्ष वा सो भन्दा बढि उमेरकी महिला भए ७ देखी १० बर्ष सम्म कैद सजायको व्यवस्था गरिएको छ । तर यो कुरा कसुर भएको १ बर्ष भित्रमा उजुरी गरिसक्नु पर्ने हदम्याद छ ।
–हाडनाता करणीमा भने जहिले सुकै उजुरी गर्न सकिन्छ । यस्तो करणीमा जन्मकैदसम्मको व्यवस्था छ ।
–वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाइ जबरजस्ती करणी गरेमा ५ बर्षसम्म कैद हुने छ । कानुनी रुपमा त महिला माथी हुने कानुनहरु बनेकै छन् ।
व्यक्तीको तहबाट पनि हामीले महिलाको शरिर कुनै वस्तु होइन भन्ने कुरा स्विकार गर्नु पर्दछ । उसको पनि आफ्नै अस्तित्व छ भन्ने सोच राख्नु पर्दछ । बलात्कारमा पर्नु महिलाको दोष हुदैन र बलात्कारपछि पनि उनको जीवन बाँकी रहन्छ भन्ने कुरा सबैले स्विकार गर्नुपर्दछ र कानुनलाइ अझै परिमार्जन गर्नुपर्दछ ।
पछिल्लो समयमा विश्वभरी नै बलात्कार बिरुद्वका बिभिन्न अभियानहरु पनि चलिरहेका छन् । पछिल्लो समय सामाजिक संजालमा “मि टु हयास टयाग ९३mभतयय०ू अभियान पनि लोकप्रीय हुदै गएको छ भने भारतमा बलात्कार बिरुद्वमा “पिन्कू र “अनारकली अफ आराूनामक शतिmशाली फिल्महरु पनि बनेका छन् ।
जसले बलात्कारका बिरुद्व महत्वपुर्ण आवाज उठाएका छन् । प्छिल्लो क्रममा बिभिन्न अभियान चलाइएसँगै दिनहुँ जस्तो बलात्कारका घट्नाहरु सुन्नमा आउनुले बलात्कारका घटनाहरुप्रहरी समक्ष उजुरी गर्ने क्रम बढेको मान्न सकिन्छ । अन्त्यमा कुनैपनि महिलाको बलात्कार हुन्छ भने बलात्कारीलाइ फासीको सजाय हुनु पर्दछ कि त उसलाई नपुंसक बनाइनु पर्दछ होइन भने न्यूनतम सजाय भएपनि जन्मकैद त हुनै पर्दछ नत्र भने बलात्कारका घटनाहरु घट्नुको सट्टामा झन बढ्ने देखीन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्