टरिगाउँ एयरपोर्ट दशै अगाडि नै सञ्चालनमा आउँछ – मन्त्री अधिकारी



दाङ ३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले दशै अगाडी नै टरिगाउँ एयरपोर्ट सञ्चालनमा आउने वताउँनु भएको छ । दाङको बिकास र समृद्धिका लागि अनिवार्य रुपमा एयरपोर्ट सञ्चालनमा आउनु पर्ने बताउँनुभयो ।काठमाडौं देखि दाङसम्म उडान गरिने र त्यो सम्भव नभए पनि काठमाडौंबाट भैरहवा हुँदै दाङ हवाई सेवा सूचारु गर्न पहल थाल्ने समेत वताउँनुभयो  ।

 

उनले ईन्धन डिपो स्थापन तथा धावनमार्ग बिस्तार गरेर भएपनि दाङमा एयरपोर्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए । मन्त्री सहित आएको टोलीले एयरपोर्टको अवलोकन समेत गरेको थियो । अहिले कालोपत्रे गरिएको धावनमार्ग सात सय ५० मिटर मात्रै रहेको वताउँदै त्यसलाई बढाएर १२ सय मिटर पु¥र्याउँने वताउँनुभयो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले समग्र दाङको बिकास र समृद्धि टरिगाउँ एयरपोर्टसंग जोडिएकाले यसलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन पहल थाल्न अनुरोध समेत गनुभयो । कार्यक्रममा दाङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद, पूर्ब सांसद, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, ब्यबसायीको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका प्रबत्ता श्याम डाँगीले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्