८ असोज भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदी मंसीरको दोस्रो साता पुन नेपाल भ्रमणमा आउने भएका छन् ।पछिल्लो चार वर्षमा मोदीको यो पाचौँ भ्रमण हुने छ भने यस बर्ष हुन लागेको तेस्रो पटकको आगमन हुनेछ ।
भारतीय न्युज एजेन्सी एएनआईअनुसार मोदी यसपटकको गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमणका लागि आउन लागेका हुन् ।१२–१३ मंसीरमा मोदीले नेपाल भ्रमण गर्ने तयारी गरेको छ । मोदीको यो राजकीय भ्रमण हुने दुतावास स्रोतले जनाएको छ ।२०७१ जेठमा भारतको १४ औँ प्रधानमन्त्री बनेपछि उनले पहिलो पटक नेपालको भ्रमण गरेका थिए ।
यसअघि गत १४–१५ भदौमा काठमाण्डुमा भएको बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शीखर सम्मेलनमा भाग लिन आएका थिए ।
त्यसअघि बैशाखको अन्तिम साता धार्मिक भ्रमणमा आएका मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेका थिए । त्यसअघि १८–१९ साउन २०७१ मा मोदीको पहिलो नेपाल भ्रमण भएको थियो ।त्यसलगत्तै मोदी त्यसै वर्ष (२०७१) १०(–११ मंसीमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनको सिलसिलामा नेपाल आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।