घोराही उप–महानगरपालिका ग¥यौ जिम्मेवारी बाँडफाँट



सैघाली खबर
दाङ, १९ साउन 
घोराही उपमहानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिको बैठकले विहीवार विभिन्न समितिहरु गठन गरेको छ ।

नगर प्रमुख नरुलाल चौधरीको संयोजकत्वमा स्रोत अनुगमन तथा बजेट निर्धारण समिति गठन गरेको छ । जसको सदस्यहरुमा उप–प्रमुख सिता न्यौपाने, कार्यपालिका सदस्यहरु पशुपति चौधरी, चित्र बहादुर डाँगी ‘निर्मल’, जितेन्द्रमान नेपाली रहेका छन यस्तै बैठकले उप–मेयर सिता न्यौपाने ‘सिंग्देल’को संयोजकत्वमा राजस्व परामर्श समिति गठन गरेको छ । जसको सदस्यमा मान बहादुर बस्नेत र पवित्रा विश्वकर्मा रहेका छन ।

यसैगरी बैठकले सार्वजनिक सेवा तथा क्षमता विकास समितिमा खोपिराम चौधरी, आर्थिक विकास समितिमा राममणी पाण्डे, सामाजिक विकास समितिमा भरत अर्याल, पुर्वाधार विकास समितिमा लक्षीण प्रसाद बुढा, वातावरण तथा विपद् ब्यवस्थापन समितिमा शत्तिराम डाँगी र विधेयक समितिमा रमेशकुमार पाण्डेयलाई संयोजक तोकेको घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्