सडक वालवालिकाहरुको व्यावस्थापनको खाँचो



सैघाली खबर
दाङ २२ , साउन
बजार क्षेत्रमा घुमन्ते सडक जीवन विताई रहेका सडक वालवालिकाहरुको सुरक्षित र संरक्षित जीवन खाँचो रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।

मेरिष्ट नेपालले सोमवार घोराहीमा आयोजना गरेको सरोकारवाला पक्ष र जनप्रतिनिधिहरुको छलफलमा सहभागीहरुले यस्तो धारणा राखेका थिए । घोराही उप– महानगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको अध्यक्षता एंव घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चौधरीले घोराही , तुलसीपुर तथा अन्य बजार क्षेत्रका सडक वालवालिकाहरु संरक्षण गर्न सकेमा दाङ लाई वालमैत्री जिल्लाका रुपमा घोषणा गर्न सकिने वताए । पारिवारिक विखण्डन , परिवारको लापरवाही तथा अन्य विविध कारणले वालवालिकाहरुको सडक जीवन विताउनु पर्ने वाध्यतामा परेका छन । जसका कारण बजारको सुन्दरता र सभ्यता समेत गुमेको छ । वालवालिकाहरुक भविष्यका कर्णधार रहेकाले वालवालिकाहरु लाई उचित शिक्षादिक्षाको दिए उज्यालो तर्फ डो¥याउनु सवैको दायित्व रहेको वताए ।

कार्यक्रममा वाल अधिकारकर्मि विकिरण गौतमले सामाजिक अज्ञानताका कारण वालवालिकाहरुको सडकमा आईपुगेको छन । जसका कारण वालवालिकहरुके शिक्षा दिक्षा र परिवारको मायाँ ममता वाट टाढा हुनु परेको छ ।

कार्यक्रममा उप–प्रमुख सीता न्यौपाने , घोराही उप–महानगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मी , महिला तथा वालवालिका कार्यालय दाङकी प्रमुख विष्णुमणि जोशी , महिला अधिकारकर्मि लक्ष्मी आचार्य , निर्मला गौतम लगाएतकाले धारणा राखेका थिए । उक्त अवसरमा वाल वृत्तचित्र समेत राखिएको थियो । कार्यक्रमको मेरिष्ट नेपालका जिल्ला संयोजक शुशिल वस्नेतले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्