‘ अन्यौलमा स्वास्थ्य विज्ञान प्रतिष्ठान ’



 

गिरिराज नेपाली
दाङ २५ , साउन

नेपाल सरकारले एक प्रदेश , एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको अवधारणा अघि सारे संगै सुरु भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्यौलमा परेको छ । प्रतिष्ठान निर्माणका प्रक्रिया सुरु भए पनि दङगाली राजनितिक दलहरुको माथिल्लो निकाय सम्ममा पहुच नपुग्दा प्रतिष्ठान निर्माण प्रक्रिया विचैमा अलमल परेको छ ।

वेला –वेलामा केही सकारात्मक समाचारहरु प्रकाशन ÷प्रसारण भए पनि पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रक्रियाले तिव्रता पाउन सकेको छैन । राजनितिक दलहरुको प्रतिष्ठान निर्माणका लागि पहुच नपुग्दा प्रतिष्ठानको संञ्चालित प्रक्रिया सुस्ताउदै गएको पाईन्छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०७३÷७४मा एक प्रदेश एक प्रतिष्ठान निर्माणको योजना लाई पुर्णता दिन पहिलो चरणको कार्यक्रम अन्र्तगत प्रदेश नम्वर २ को महोत्तरी , ५ को वुटवल र प्रदेश नम्वर ६ को सु्र्खेत प्रक्रिया अघि सारेको थियो । तर प्रदेश नम्वर ५ को प्रतिष्ठान स्थापनाका लागि दाङको राप्ती उप–क्षेत्रिय अस्पताल २०७२ साल देखी नै अघि सारिएको छ । प्रतिष्ठान निर्माणका लागि एक प्रदेशमा एक प्रतिष्ठान कामय गरिए पनि दाङ र वुटवल एकै साथ प्रतिष्ठान निर्माणको प्रक्रिया अिघ वढ्दा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया अलमलमा परेको हो ।
राप्ती उप–क्षेत्रिय अस्पताल दाङका निमित्त मेडिकल सुपरिटेण्डेन डा. जर्नाधन पन्थीले राप्ती उप–क्षेत्रिय अस्पतालको प्रक्रिया सुरु भए पनि प्रदेश न. ५ भित्रैका दुई जिल्लाको प्रक्रिया एकैसाथ अघि वढीरहेकाले प्रतिष्ठान निर्माण केही प्रभाव पर्ने गरेको वताए । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य मन्त्रालय वाट सुरु भई कानुन मन्त्रालय सम्ममा पुगेर रोकिएको छ । वाँकी शिक्षा र अर्थमन्त्रालयको काम पुरा भई सकेको छ । कानुन मन्त्रालयले विद्येक संसोधन गरी अघि वढाउन सकेमा छिट्टै वैधानिकता पाउन सक्छ । कानुन मन्त्रालयमा सवै प्रक्रिया रोेकी राख्दा काम प्रतिष्ठानको स्प्रिट पनि सेलाएको उनले वताए । उनले भने ‘ काम तत्काल हुन्छ पनि भन्न सकिदैन , हुन्न पनि भन्न सकिने अवस्था छैन । कानुनी मन्त्रालयमा पुगेको फाईल फिर्ता कसरी होला भन्न सकिन्छ । भन्न सकिदैन । २ महिनामै सामाजिक समितिमै अल्झीराखेको ‘फाईल’ शिक्षा , स्वास्थ्य र अर्थमन्त्रालय हुदै कानुन सम्म पुगिसकेको करिव महिना वित्यो । भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया सुरु भएको ३ वर्ष वित्न लाग्यो । तर ५ वर्ष भित्रैमा संञ्चालन गर्ने राप्ती उप–क्षेत्रिय अस्पतालको लक्ष्य रहे पनि नितिगत व्यावस्था मन्त्रालयहरुले अधँुरो र अपुरो वनाई राख्दा प्रक्रिया विच–विचमा रोकिदै चल्दै गरेको छ । प्रतिष्ठान निर्माणको अवधारणा माथिल्लो निकायहरु सम्म पुगे पनि माथिल्लो निकायहरुमा दाङको पहुच नपुगेकाले प्रतिष्ठान निर्माणमा प्रक्रिया अलमलमा परेको उनले वताए । उनले भने ‘ राजनितिक दलहरुले राप्ती उप–क्षेत्रिय अस्पताल लाई स्वास्थ्इ विज्ञान प्रतिष्ठान निर्माणमा एकतावद्ध छन । तर स्थानिय राजनितिक दलहरुको मन्त्रालयहरु सम्म पहुच नपुग्दा प्रतिष्ठान निर्माण प्रक्रिया पुर्णता पाउन सकेको छैन । प्रतिष्ठान निर्माणका लागि २०७२÷७३ मा ५० लाख र ०७३÷७४ मा ४ करोड वजेट विनियोजन भएको डा. पन्थीले जानकारी दिए । तर प्रतिष्ठान प्रक्रिया पुर्णता नपाउदा उक्त रकम खर्च गर्न नसकिएको उनले वताए ।

त्यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका सहयोगी नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज जीवन गौतमले सरकार फेरवदलले पछि थप अन्यौलमा परेको उनले वताए । पुरानो सरकारले अर्थात स्वास्थ्य मन्त्रालयले प्रतिष्ठान निर्माणका लागि तयार गरेको विद्येकहरु लाई वर्तमान सरकारले हेरफेर गर्दा ढिलाई भईरहेको वताए । प्रधानमन्त्री तत्कालिन शुशिल कोईराला र अर्थमन्त्रीले राप्ती उप–क्षेत्रिय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने वजेट विनियोजन र निति कार्यक्रम अघि वढाए पनि त्यस पछिका सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई अघि वढाउन नसके पछि प्रचण्ड सरकार हुदै शेर वहादुर देउवाको सरकारले प्रतिष्ठानको प्रक्रिया केही फराकिलो वनाउदै लगेको वताए । उनले भने – सरकार परिवर्तन संगै केही प्रभावित वनेको प्रतिष्ठान पछिल्लो समय केही रुप निर्धारण गर्न सुरु गरेको छ । अव कानुन मन्त्रालयले विद्येक पास गरी संसदमा लैजान सकेमा दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पाउन सक्ने आधिकारिता पाउन सक्ने छ । केन्द्रमा दाङको राजनितिक पहुच पुग्न नसक्दा प्रतिष्ठानको स्प्रिट रोकिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्