भूमिहीनका समस्या समाधान गर्न’बसोबास आयोग’ गठन



काठमाडौं । सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूको समस्या समाधानका लागि ‘बसोबास आयोग’ गठन गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूको समस्या समाधानका लागि ‘बसोबास आयोग’ गठन गर्न लागिएको जानकारी गराएकी हुन।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदसँगको ‘प्रश्नोत्तर’ कार्यक्रममा भाग लिँदै मन्त्री अर्यालले भूमिहिनको समस्यालाई छिटो समाधान गर्न सरकारले ‘भूमिसम्बन्धि ऐन, २०२१’ को आठौँ संशोधन प्रक्रिया अघि बढाइसकेको जानकारी दिइन्।

चालु संसद अधिवेशनबाट नै संशोधित ऐन पारित हुनासाथ ‘बसोबास आयोग’ गठन गरी सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूको समस्या समाधान गर्ने योजना मन्त्री अर्यालले सदनसमक्ष राखिन्।

मन्त्री अर्यालले सुकुम्बासी र अव्यस्थित बसोबास गर्नेहरूलाई व्यवस्थित बनाउन सरकार कानुनी र व्यवहारिक दुवै पाटोबाट संवेदनशील भएर लागि परेको दाबी गरेकी थिइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्