आइपीएलमा सन्दीपको पारिश्रमिक कति ?



काठमाडौं  ८ फागुन । विश्वकै सर्वाधिक ब्यस्त क्रिकेट खेलाडी मध्येका एक हुन् नेपालका सन्दीप लामिछाने । आइपीएलदेखि क्यारेविनय लिग, बिग वासदेखि बंगलादेश सुपर लिग हुँदै पाकिस्तान प्रिमियर लिगसम्म ब्यस्त भएका सन्दीपले आफ्नै देशमा चलिरहेको धनगडी प्रिमियर लिग भने खेल्ने समय पाउन सकेका छैनन् । विग वास सकिएलगतै उनी पाकिस्तान प्रिमियर लिग खेल्न यूएई पुगेका छन् । पाकिस्तान प्रिमियर लिग यूएईमा भइरहेको छ ।
पाकिस्तानको प्रिमियर लिगमा उनलको निकै चर्चा हुन थालेको छ । पाकिस्तानका पूर्व क्रिकेटर अब्दुल रज्जाकले ट्वीट गर्दै पाकिस्तान प्रिमियर लिगमा सन्दीपलाई स्वागत गरेका छन् । तपाईहरुले सन्दीपको नाम सुन्नु भएको होला तर अब पाकिस्तान प्रिमियर लिगमा उनी चम्किएको हेर्न पाउनु हुनेछ, रज्जाकले ट्वीटरमा लेखेका छन् उनी विश्वका चम्किला खेलाडी हुन् ।
पाकिस्तान प्रिमियर लिग यूएईमा चलिरहेका बेला नेपालमा डीपिएल चलेको छ । दुवै लिग एउटै समयमा परेका कारण सन्दीपलाई डीपिएलमा देख्न सकिएको छैन । उनी डिपिएलका कुनैपनि खेलमा सहभागि हुने छैनन् । पाकिस्तान प्रिमियर लिग सकिएपछि उनी पुनः आइपिएलका लागि भारत जाने भएका छन् । दुवैबाट उनी सिधै दिल्ली जाने योजनामा छन् भने दिल्लीमा उनले क्यापिटल क्लवबाट खेल्नेछन् । दिल्ली डे डेभेल्भसलाई क्यापिल नामाकरण गरिएको छ ।
दिल्ल्ली पुगेपछि उनी आइपीएल तयारीको बन्द प्रशिक्षणमा बस्ने भएका छन् । अघिल्लो बर्ष आइपीएलमा पाइला टेकेका सन्दीप अतिरिक्त खेलाडी थिए । उनले अन्तिम तीन खेल मात्र खेलेका थिए । तीन खेलमा उनले उत्कृष्ट प्रर्दशन गरेपछि दिल्लीले उनलाई पूर्ण खेलाडीका रुपमा यसबर्ष अनुबन्धन गर्ने भएको छ । उनको पारिश्रमिक भने अझै दिल्लीले खुलाएको छैन । अघिल्लो बर्ष २० लाखमा अनुबन्धन भएका सन्दीपले यो बर्ष कति पारिश्रमिक पाउलान ? सवैले चासोका साथ हेरिरहेका छन् ।
सर्वाधिक लोकप्रिय विश्वका क्रिकेट लिग खेलिसकेका सन्दीपले सर्वाधिक फाममा रहेका ब्याट्सम्यानलाई आउट गरिसकेका छन् । उनले दिल्लीका स्टार खेलाडी सरह पारिश्रमिक पाउने अनुमान गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्