पुनःनिर्माण लाई चुस्तता दिन कर्मचारी लाई निर्देशन



गिरिराज नेपाली
दाङ १२ , भदौ
श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली वहादुर चौधरीले वाढी प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि तत्काल काम गर्न कर्मचारीहरु लाई निर्देशन दिएका छन । सोमवार जिल्ला प्रशासन कार्यालय दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा वोल्दै मन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन । २०७१ साल साउन २९ र २०७४ साउन २७ गतेका वाढीका कारण दाङमा करिव २ अर्व रुपैया वरावरको नोक्सानी पुगेकाले तत्काल ति क्षेत्रको लगत संकलन गरी पुनःनिर्माणका लागि काम गर्न कर्मचारीहरु लाई निर्देशन दिएका हुन । 

राप्ती , बबई र अन्य खोलाहरुको कारण दाङमा अर्वाैको हाीनोक्सानी पु¥याएकाले प्रभावित क्षेत्रको सर्वेक्षण गरी तत्काल पुन निर्माण र क्षतिपुर्तिका लागि काम गर्न कार्यालय प्रमुखहरु लाई निर्देशन दिएका छन । सरकारको पहिलो प्राथामिक्ता वाढी पछिको पुनःनिर्माणमा नै रहेकाले पुर्ण निर्माण लाई तिव्रता दिन कर्मचारीहरु लाई आग्रह गरेका छन ।

२०७१ सालको वाढीका खोलाका बगरमा पुगेको परिवारहरु अहिले पनि त्यहा वाट उठिवाँस लगे । तर सवै नागरिकहरुले सुरक्षित गाँस र वाँसको अधिकार पाएकाले त्यो अधिकार प्रत्याभुत गराउने गरी कर्मचारीहरुले पुनःनिर्माणको कार्य लाई तिव्रता दिनु पर्ने उनले जोड दिए ।
साथै उनले वाढी पिडितहरुका लागि संकलन भएको राहात लाई वाढी पिडितकै घरदैलोमा पु¥याई समानुपातिक रुपमा वितरण गर्न समेत सुझाव दिए ।

उनले भने–वाढीका कारण दाङका शिक्षा , स्वास्थ्य , सार्वजानिक भवन , व्यक्तिका घर , सडक , जमिन , जंगल , खाद्यवाली , नगदवाली , लगाएत थुप्रैमा प्रत्यक्ष क्षति गरेको छ । ति क्षतिको विवरण संकलन गरी तत्काल सरकार संग पुनः निर्माण तथा क्षतिपुर्तिका लागि रकम माग गर्ने भएकाले २२÷२५ दिनमा क्षतिको विवरण संकलन गरी प्रधानमन्त्री कार्यालयमा पेश गर्न समेत कर्मचारीहरु आग्रह गरे । मन्त्री चौधरीले भने –मेरो र दाङको पहिलो प्राथामिक्ता नै वाढी पछिको पुनःनिर्माण रहेकाले सरकारी निकाय ध्यान जानु उनले वताए ।
दाङको विकासमा विगत देखी नै निकै नजिक रहेर काम गर्दै आएको छु । सरकारको पनि दाङ लाई नजमुना योग्य र विकासित दाङ वनाउने सपना रहेकाले समृद्ध दाङ वनाउने वर्तमान सरकारको पहिलो लक्ष्य रहेको मन्त्री चौधरीले वताए । उनले भने – तपाईहरुले योजना दिनुहोस , पैसा सरकारले दिन्छ । दाङको विकासका लागि पैसा अभाव होईन । योजनाको अभाव छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठको अध्यक्षता एंव श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली वहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको थियो । भने कायर्यक्रमका स्थानिय विकास अधिकारी कुल वहादुर जिसीले गरेका थिए ।

‘गुठवन्धीलाई प्रशय होईन , विलय गर्नुपर्छ ’

गुठवन्धी र व्यक्तिमुखी पार्टीतन्त्रको हावीले पार्टी भित्र–भित्र आन्तरिक द्वन्द्वमा भासिदै गईरहेकाले पार्टीभित्रको व्यक्तिवादी गुठवन्धी लाई अन्त्य गरिनु नेपाली काँग्रेस दाङको सभाहलमा सोमवार सम्पन्न कार्यकर्ता भेटघाट तथा स्वागत सम्मान कार्यक्रममा मन्त्री द्वय ् सिचाई राज्यमन्त्री एंव नेपाली काँग्रेस रोल्पाका सभापति अम्मर सिंह पुन र श्रम तथा रोजगार राज्य मन्त्री डिल्ली वहादुर चौधरीले यस्तो वताए हुन ।

नेपाली काँग्रेस दाङको सभा नेपाली काँग्रेस दाङ सभापति किर्ति वहादुर खड्का अध्यक्षता सम्पन्न श्रम तथा रोजगार राज्य मन्त्री चौधरी र सिचाई मन्त्री पुनले पार्टीको आन्तरिक गुठवन्दी अन्त्य हुनु पर्ने वताएका छन । गुठवन्धीका कारण पार्टीले निकै असफलता र क्षति व्यहोर्नु परेको वताउदै मन्त्री द्वय भने ‘ काँग्रेसको एकता आजको आवश्यक्ता हो । ’ प्रजातान्त्रिक मुल्य मान्यता र धर्ममा काँग्रेस उभिए पनि पार्टी भित्रको आन्तरिक मनमुटाव र व्यक्तिवादी चिन्तनले काँग्रेस विस्तारै अविश्वास र अपराजय तिर धकेलिन पुगेको उनीहरुले वताए ।
अव पार्टीको एकता र हितका लागि सवैले व्यक्ति होईन पार्टी मुखी भएर काम गर्ने कार्यकर्ताहरु लाई निर्देशन दिए । त्यस्तै श्रम तथा रोजगार राज्य मन्त्री डिल्ली वहादुर चौधरीले दाङ काँग्रेसको उर्वरभुमि रहे पनि दाङका काँग्रेसले पटक–पटक असफलता व्यहोर्नु परीरहेको उनले वताए । जुन काँग्रेस भित्रको आन्तरिक तालमेल स्वीकार योग्य वन्न नसक्दा पार्टी ठुलो नोक्सानी खेप्नु परेको हो ।

दाङ लाई प्रादेशिक राजधानी निर्माण , भौतिक विकासमा काँग्रेसले विगत देखी निकै जिम्मेवारी निर्वाहगर्दै विकास प्रेमी पार्टीका रुपमा परिचित रहेको जानकारी दिदै उनले भने – विकास काँग्रेसको हातमा जुृन तालमेल गर्नु पर्ने हो । त्यो तालमेल काँग्रेसमा छैन । जुन तितो सत्यता हो । मुलुक लाई विकासित र समृद्ध वनाउने सक्ने सामाथ्र्य काँग्रेसमा मात्रै रहेकाले अवको काँग्रेसको वाटो एकता र मुलुक समृद्धि रहेको उनले टिप्पणी गरे ।

मन्त्री द्वय दाङ प्रदेश राजधानी वनाउने आधारहरु मध्ये हवाई यातायात पनि अवको केही महिना पछि सञ्चालनमा ल्याउने तयारी भईरहेको सामुहिक प्रतिवद्धता जनाए । केही वर्ष देखी रोकिराखेको हवाई सरकारले संञ्चालनमा ल्याउने तयारी गरीरहेको जानकारी दिए । उक्त कार्यक्रममा नेपाली काँग्रेस दाङका निवर्तमान सभापति घनश्याम रेग्मी , प्युठान पार्टी सभापति अम्मर प्रसाद भण्डारी र क्षेत्रिय सभापति भुप वहादुर डाँगी भनाई राखेका थिए । कोषाध्यक्ष सावित्रा राणा स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शंकर प्रसाद डाँगीले गरेका थिए ।

यसैविच दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि एक कार्यक्रमका विच श्रम तथा रोजगार राज्य मन्त्री डिल्ली वहादुर चौधरी लाई स्वागत एंव सम्मान गरेको छ । संघका अध्यक्ष नारायण प्रसाद भुषालको अध्यक्षता एंव श्रम तथा रोजगार मन्त्री डिल्ली वहादुर चौधरीको प्रमुख आतिथ्यथता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै प्रमु अतिथि मन्त्री चौधरीले दाङ लाई औद्योगिक हव र व्यापारिक क्षेत्रमा विकास गर्नका लागि विशेष योजना वनाउनु पर्ने वताएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्