नारायणपुरमा चुनावी रौनक



सैघाली खबर
दाङ २८ , भदौ

सधै किनमेल संगै विद्यार्थी र नागरिकहरु ओहोर दोहोरले भरिने नारायणपुर बजार ,हिजो व्यापारिक चुनावको रौनकताले भरिएको छ । यही भदौ ३१ गते हुन लागिरहेको नारायणपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व निर्वाचनका लागि नारायणपुर क्षेत्रका व्यापारीहरु चुनावी प्रचार संगै घरदैलो व्यस्त रहेका छन ।

आसन्न ३१ गते हुन लागिरहेको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक प्यानल र प्रजातान्त्रिक प्यानल प्रतिस्पर्धामा उत्रिएका छन । भने दुवै प्यानलले वुधवार देखी चुनावी प्रचार सुरु गरेका छन ।

 

संघको नयाँ नेतृत्वका लागि महेन्द्र कुमार दाहाल नेतृत्व प्रजातान्त्रिक प्यानल र द्रोण केसी नेतृत्व लोकतान्त्रिक प्यानलले चुनावी प्रचार सुरु गरेका छन ।

संघको प्रजातान्त्रिक प्यानल तर्फ वाट उद्योग उपाध्यक्षमा अभियान बस्नेत , वाणिज्य उपाध्यक्षमा तिलकराम पौडेल , महा–सचिवमा दपिक सुवेदी , सचिवमा तित वहादुर रोका क्षेत्री , कोषाध्यक्षमा बसन्त न्यौपाने रहेका छन । भने महिला सदस्यमा रेखा खनाल , सदस्यहरुमा सनत आचार्य , धरम वहादुर केसी , निम वहादुर चौधरी , अनिल कुमार वस्नेत र मोहन वहादुर वस्नेत रहेका छन ।

त्यस्तै लोकतान्त्रिक प्यानल वाट उद्योग उपाध्यक्षमा कुलराज खनाल , वाणिज्य उपाध्यक्षमा तिलक महरा , महा–सचिवमा टिकादत्त खनाल , सचिवमा शिव श्रेष्ठ , कोषाध्यक्षमा निमलाल खनाल रहेका छन । भने सदस्यहरुमा प्रकाश सुवेदी , गणेश भण्डारी , नारायण भट्टराई , मित्रलाल बस्नेत र महिला सदस्यमा केशरी विष्ट चुनावी मैदानमा उत्रिएका छन । दुवै प्यानलले आ–आफ्नै व्यापारिक एजेण्डाहरु लिई व्यापारीहरु घरदैलोमा भेटघाट सुरु गरेका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्