राप्ती उपक्षेत्रीय अस्पताल अब तीन सय शैयाको हुने




सैघाली खबर
दाङ , २९ भदौ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालका लागि चाहिने न्यूनतम पूर्वाधार विकासअन्तर्गत यो पहल थालिएको हो । जसका लागि बिहीवार मात्रै स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले अस्पताललाई तीन सय शैयाको बनाउने फाइल सदर गर्नुभएको छ ।

मन्त्रीबाट सदर भएका फाइल आगामी मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनका लागि स्वास्थ्यमन्त्रालयबाट नियुक्त सहजकर्ता एवं माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यो फाइल अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गरिने छ ।

पोख्रेलकै  पहलमा स्तरोन्नतिराप्ती उपक्षेत्रीय अस्पताल हाल एक सय शैयाको रहेको छ । यसअघि २०६४ सालमा हालकै स्वास्थ्यमन्त्री पोख्रेल स्वास्थ्य रहेको बेलामा २५ शैयाको तत्कालीन महेन्द्र अस्पतालाई ५० शैयाको बनाइएको थियो । त्यस्तै एक बर्षपछि २०६५ सालमा मन्त्री पोख्रेलकै पालामा ५० शैयाको जिल्ला अस्पतालको स्तरोन्नति गरी राप्ती उपक्षेत्रीय अस्पताल बनाइउको थियो ।
यस्तै राप्ती अञ्चल अस्पताल तुलसिपुर पनि गिरिराजमणि पोख्रेलकै पालामा भएको हो ।योसँगै चिकित्सक दरबन्दीसम्बन्धी ओएनएम सर्भे फाइल पनि अघि बढाइएको उहाँले जानकारी दिनुभयो । यसका लागि फाइल अघि बढेमा स्वास्थ्य, सामान्य र अर्थमन्त्रालयका प्रतिनिधिसम्मिलित एक टोली गठन हुनेछ । सो टोली दाङ आएर स्थलगत प्रतिवेदन तयार पारेपछि फाइललाई अन्तिम रुप दिने प्रावधान छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्