नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि दाङ आउदै



सैघाली खबर,
दाङ ३१ भदौ।
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि दाङ आउने भएका छन । । दाङको घोराहीमा आयोजना हुने चुनावी प्रचार प्रसार तथा बृहत पार्टि प्रवेश कार्यक्रमको सिलसिलामा वली दाङ आउन लागेको नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले बताएका छन ।
घोराहीमा यही असोज ९ गते आयोजना हुन लागेको विशाल आमसभा तथा पार्टि प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न पार्टि अध्यक्ष ओलि सहीत पाटिका ेकन्द्रिय स्तरका नेताहरु दाङ आउन लागेको अध्यक्ष खड्काले बताएका छन ।

स्थानिय तहको चुनावमा एमालेले दाङमा बर्चस्व कायम गरेपछी नयाँ राजनितिक तरङ्ग समेत उत्पन्न भएको छ । दाङका अधिकांस स्थानिय तहमा जितहासील गरेको एमाले आउदा चुनावमा समेत आफ्नो बर्चस्व कायम राख्न चाहन्छ । आगामि प्रदेश र संघीय चुनावलाई लक्षित गरेर असोज ९ गते पार्टि प्रवेश तथा विशाल आमसभा गर्न लागेको समेत बताईएको छ ।

सो अवसरमा नेपाली कांग्रेस, माओवादि र राप्रपावाट ठुलो सख्यामा नेता तथा कार्यक्रताहरु एमालेमा प्रवेश गराउने गरी तयारी भइरहेको समेत नेकपा एमाले दाङले बताएको छ ।

एमाले स्रोतका अनुसार पार्टी प्रबेश कार्यक्रममा बिभिन्न दलका जिल्लाका प्रभाबसाली नेता तथा कार्यक्रताहरु एमालेमा प्रबेश गर्ने तयारी समेत रहेको बताईएको छ ।

जसको तयारीको लागी नेकपा एमाले कार्यक्रमलाई भब्य बनाउन लागी परेको नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले जानकारी दिएका छन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्