अब अधिकारका लागि हतियार उठाउनु पर्दैन- पुर्वसभामुख नेम्बाङ



इलाम । पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु नपर्ने बताएका छन् । स्थानीय आदर्श माविको सूचना प्रविधि मैत्री सभा शुभारम्भ गर्दै उनले संविधान संशोधनमार्फत अधिकार पाउन सकिने भएकाले अधिकारका लागि अब कसैले लड्नु नपर्ने उल्लेख गरेका हुन् ।

“संविधान सबै दल मिलेर ल्यायौँ । त्यसरी नै संविधान संशोधनमार्फत अधिकार लिन पनि सकिन्छ,” पूर्वसभामुख नेम्बाङले भने, “मुख्य दलहरू एक ठाउँमा उभिँदा संविधान निर्माण भयो । त्यसरी नै सहकार्य गरेर अघि बढ्नुपर्ने बेला भएको छ ।”
नेपाल कम्युनिस्ट पार्टी नेकपा का उपनेता नेम्बाङले मुलुक संविधान कार्यान्वयनको दिशातर्फ उन्मुख भएकाले सबैको सहकार्यमा संविधान कार्यान्वयन गर्नुपर्ने बताए ।
रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्