सुरक्षा कारवाहीमा ६१ लडाकु मारिए



सैघाली खबर
काठमाडौ,५असोज


अफगानिस्तानका विभिन्न ठाँउमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ६१ जनाभन्दा बढीको मृत्यु भएको छ । मारिएका मध्ये आठ जना स्थानीय लडाकू कमाण्डर रहेका छन् भने अरू ५२ जना घाइते भएका छन् । गत चौबिस घण्टाको अवधिमा सुरक्षाकर्मीहरूले पटक पटक गरी देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ ।

“राष्ट्रिय सुरक्षा निकायहरूले १४ वटा सफाई कारबाही र १४ प्रान्तमा दश वटा विषेश सुरक्षा कारबाही चलाएका थिए । ती कारबाहीहरूमा परी ६१ जना मारिएका छन्” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मारिनेमध्ये आठ जना तालिवान कमाण्डर, १२ जना हक्वानी नेटवर्क र ९ जना इस्लामिक स्टेट ९आईएस०का लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले ५२ जना लडाकू घाइते भएका र दुई जनालाई पक्राउ गरिएको पनि बुधबार बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्