राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक ब्यवस्थापिका–संसदमा पेश




सैघाली खबर
दाङ, ६ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक ब्यवस्थापिका–संसदमा पेश गरिएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको बिधेयक मन्त्रिपरिषद बैठकबाट गत सोमवार पारित भएको थियो । यो विधेयक शुक्रवार संसदमा पेश गरिएको प्रतिष्ठान गठनका लागि मन्त्रालयबाट नियुक्त सहजकर्ता एवं माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।

संसद सचिवालयका महासचिव बाहिर रहेकाले यो विधेयक असोज ९ गते दर्ता हुने उहाँले जानकारी दिनुभयो । संसद सचिवालयमा दर्ता भएकै दिन सभामुखसँग भेट गरी प्रक्रियामा लैजान अनुरोध गर्ने गौतमले जानकारी दिनुभयो । प्राथमिकताका साथ कार्यसूचिमा राख्न अनुरोध गरिने बताउँदै चाँडो पारित गर्न सबै दलमार्फत सांसदहरुसँग पनि लविङ शुरु गरिने उहाँले बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्