रेडियो मध्यपश्चिको १३ औँ साधारणसभा



 

सैघाली खबर 
दाङ , ७ असोज। दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिमले शनिबार आफ्नो १३ औँ साधारणसभा सम्पन्न गरेको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षता एवं रेडियोका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा रेडियो सञ्चालक समितिले साधारणसभा सम्पन्न गरेको हो ।कार्यक्रमका प्रमुख अतिथी शर्माले रेडियोका प्रशारण सामाग्रिलाई आवाज बिहिनका आवाज बनाउन सुझाब दिनुभयो । रेडियोको आर्थिक र व्यवस्थापनको पाटोलाई बलियो बनाउन सके मात्रै टिकाउन सकिने शर्माको भनाई छ ।

आवाज बिहिनको आवाजलाई मुख्य प्राथमिकतामा रेडियोले राख्नु पर्नेमा उहाँको सुझाब छ ।
रेडियो सञ्चालक समितिका उपाध्यक्ष सुशिल गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सचिव सुदर्शन रिजालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शारदा शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।कार्यक्रममा बोल्दै न्यायपरिषद सदस्य पदम वैदिक, नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर ५ का प्रदेश उपाध्यक्ष हेमराज वञ्जाडेले रेडियोका प्रशारण सामाग्रिहरुलाई थप परिस्कृत गरेर लैजानु अहिलेको आबस्यकता भएको बताउनुभयो ।रेडियोले समय सापेक्षका सामाग्रिहरुलाई स्थान दिनु र आवाजविहिनको आवाजलाई प्राथमिकता दिनु सामुदायिक रेडियोको धर्म भएको बताउनुभयो । रेडियो मध्यपश्चिमले छुट्टै पहिचान बनाएको भन्दै उहाँहरुले रेडियोलाई प्रगतिको शुभकामना दिनुभएको छ । कार्यक्रमको सहजिकरण सचिव सुदर्शन रिजालले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्