मतपरिणाम अन्तिम चरणतिर, कांग्रेसको फराकिलो अग्रता



सैघाली खबर

काठमाडौं,८ असोज

प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अहिलेसम्म १ सय १९ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । नेपाली कांग्रेसको ३६, संघीय समाजवादी फोरमको २२, माओवादी केन्द्रको २०, राजपाको २०, एमालेले १५, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ ।

१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ५, माओवादी ३, संघीय फोरम ३, राजपा २, एमाले ३ तथा नयाँ शक्ति १ तहमा अगाडि छ । पर्साको १४ वटा स्थानीय तहमध्य १३ वटाको मतपरिणाम सार्वजनिक भएको छ । अब वीरगञ्ज महानगरपालिकाको मात्रै नजिता आउन बाँकी रहेको छ ।

त्यस्तै बारा जिल्लाका १९ वटा स्थानीय तह मध्य १६ वटा नजिता सार्वजनिक भएको छ । सर्लाही जिल्लाका २० वटा मध्य १६ वटा स्थानीय तह, रौतहटका १८ वटामध्य १६ र धनुषाको १८ वटा मध्य १६ वटा स्थानीय तहको नजिता सार्वजनिक भईसकेको छ । त्यस्तै सप्तरीमा रहेका १८ वटा स्थानीय तह मध्य १३ वटाको नजिता सार्वजनि भएको छ ।

त्यस्तै सिराहामा १७ वटा स्थानीय तह रहेकोमा १६ वटा सार्वजनिक भइसकेको छ भने महोत्तरीको १५ वटा स्थानीय तह मध्य १३ वटाको सार्वजनिक भएको सामुदायिक रेडियोहरुले खबर पठाएका छन् । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३३, नेकपा एमाले १३, माओवादी केन्द्र १९, राष्ट्रिय जनता पार्टी नेपाल १८, संघीय समाजवादी फोरम नेपालका २०, फोरम लोकतान्त्रिक ३, नेपाली जनता दल २ र नयाँ शक्ति १ स्थानीय तहमा विजयी भएको छ । १ सय ३६ स्थानीय तहका १ हजार २ सय ७१ वडाका लागि निर्वाचन भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्