शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



 

अमिता चौधरी
दाङ,१० असोज


ब्रह्मकुमारी इश्वरी बिश्व विद्यालय नेपाल राजयोग शिविर केन्द्र दाङको आयोजनामा विजयादशमी तथा शुभदिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
ब्रह्मकुमारी गिता दिदीको अध्यक्षता एवम् व्यवस्थापिका सांसद अनिता देबकोटाको प्रमुख आथित्यता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सांसद देवकोटाले विसङ्गतीमा गुजरीएको समाजलाई रुपान्तरण गर्दै आध्यात्मीक चिन्तनबाट स्वस्थ रहन खानपानमा विशेष ध्यान दिनु पर्ने र सकारात्मक सोचको विकास गर्न आवयश्क रहेको वताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, महिला मानव अधिकार रक्षक दाङकी जिल्ला अध्यक्ष शुष्मा गिरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष हेमराज बञ्जाडे, घोराही नेपाल पत्रकार महासंघ केन्द्रका सचिव उदय जिएम लगाएत दिपक शर्मा, प्रेम शाहले आ —आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन ब्रह्मकुमार माधव तिमिल्सीनाले गर्नुभएको थियो भने ब्रह्मकुमार शिवलाल महतराले स्वागत गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्