सैघाली खबर
वीरगञ्ज ,११ असोज
वीरगञ्ज महानगरपालिकामा ७९ हजार ८२१ मतगणना भइसक्दा संघीय समाजवादी फोरम नेपालले मेयरमा लिड गरेको छ । फोरमले १८१८ मत अन्तरले कांग्रेसलाई पछि पारेको हो । उपमेयरमा भने कांग्रेस अगाडि देखिएको छ ।
आज विहानसम्मको मतपरिणाम अनुसार मेयरमा फोरमका विजयकुमार सरावगीले १८,४९८ मत ल्याएका छन् भने उपमेयरमा पिंकीदेवी यादवले १७४९८ मत ल्याएकी छन् । यस्तै मेयरमा कांग्रेसका अजयकुमार द्धिवेदीले १६८८० ल्याएका छन् भने उपमेयर शान्ति कार्कीले १८९९१ मत ल्याएकी छन् ।
मेयरमा राजपाका राजेशमान सिंहले ११२५४ र उपमेयरले रम्भा मिश्राले ९६७४ ल्याएकी छन् ।
एमालेका बसुरुद्धिन अन्सारीले ८९०१ र उपमेयर सोफिया आचार्यले ९८९९ मत पाएकी छन् । मेयरमा माओबादी केन्द्रका रहबर अन्सारीले ८०३६ र उपमेयरमा दुर्गा क्षेत्रीले ४०४३ मत ल्याएकी छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।