बैदेशिक रोजगार ब्यवसायीको निर्वाचनमा बिष्णु प्रसाद गैरेको प्यानल मैदानमा



नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको २७ औँ साधारण सभा तथा निर्वाचनका लागि बिष्णु प्रसाद गैरेको नेतृत्वमा चुनावी प्यानल घोषणा गरिएको छ ।

नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमको तर्फबाट बिष्णु प्रसाद गैरेको नेत्तृत्वमा चुनावी प्यानल घोषणा गरिएको हो । जसमा प्रथम उपाध्यक्ष कमल तामाङ्ग, द्धितिय उपाध्यक्ष कमल देव मल्ल, तृतिय उपाध्यक्ष किशोर कुमार के सी, महासचिव सुजित श्रेष्ठ, सचिव मेघनाथ भुर्तेल, कोषाध्यक्ष ईन्दीरा गुरुङ्ग चुनावी मैदानमा उत्रिने छन् ।

त्यस्तै सदस्यहरुमा कर्णराज कटुवाल, दिनेश कुमार राय, हर्कबाहादुर लिम्बु , बिजय लामा, वावुलाल मगर, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर, लक्ष्मण पौडेलले उम्मेद्वारी घोषणा गरेका निर्वाचन परिचालन मुल समारोह समिति संयोजक तिलक बाहादुर रानाभाटले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्