मेनपावर व्यवसायीको चुनावमा कडा प्रतिस्पर्धा



वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यही असोज ७ गते हुने संघको निर्वाचनमा अध्यक्ष पदका लागि कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष बिष्णुप्रसाद गैरे र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट प्रगतिशील वैदेशिक रोजगार मञ्चका संस्थापक अध्यक्ष सरोजकुमार पोखरेल बिच प्रतिस्पर्धा हुने भएको हो ।

यो प्रतिष्पर्धामा गैरेको पल्लाभारी रहेको उनी निकट ब्यवसायीहरूको धारणा छ ।

निर्वाचन जित्नका लागि दुवै प्यानलले समूह नै बनाएर प्रचार प्रसारलाई तिब्रता दिएका छन् । बिगतका निर्वाचनमा भन्दा यसपालिको निर्वाचनमा अध्यक्षका दुइ प्रत्यासी विचको प्रतिष्पर्धा रोचक बनेको छ ।

फोरमद्वारा संस्थापक अध्यक्ष तिलक बहादुर रानाभाटको संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन मूल समितिले नेपाली कांग्रेसका नेताहरुसँग समेत छलफल गरी उम्मेदवारको टुंगो लगाएको हो । यस हिसाबले गैरेको पक्षमा ब्यवसायीहरू सकारात्मक देखिएका छन् । सत्तारूढ दल यतिबेला जनता र ब्यवसायी माझ अलोकप्रिय भइरहेको फाइदा गैरेले लिन सक्छन् । ।

गैरेले घोषणापत्र नै बनाएर उम्मेद्वारी सार्वजनिक गरेका छन् । गैरेले संघलाइ अगाडी बढाउन विशेष योजना र भिजन तयार गरेको जिकिर गरेका छन् । विगतमा संघमा गएकाहरूले ब्यवसायीहरूको सर्वपक्षिय हितका लागि काम गर्न नसकेकोले यस पटक गैरेले ब्यवसायी कै पक्षमा रहेर योजना बनाएको दावि गरेका छन् । ‘
विगतमा नेतृत्वमा गएकाले ब्यवसायीक सुरक्षा, हक अधिकार भन्दा पनि ब्यक्तिगत फाइदा हेरे, अहिले मेनपावर ब्यवसायी तहसनहस भएको अवस्थामा मैले मेरो उम्मेद्वारी सार्वजनिक गरिरहँदा यो क्षेत्रलाइ माथि उठाउने योजना सहित काम गर्ने सोच बनाएको छु ।’ गैरेले भने । त्यस्तै सचिवमा उम्मेद्वारी दिएका निलकमल ह्युमन रिसोर्स प्रा लि का सञ्चालक मेघनाथ भुर्तेलले आफ्नो पहिलो उद्देश्य समस्यामा परेका कामदारलाई उद्दार गर्नु रहेको बताए । २०३२ सालमा काभे्रमा जन्मिएका भुर्तेल विगत १३ वर्षदेखी बैदेशिक रोजगार संघमा आबद्ध छन् ।

त्यस्तै कोषाध्यक्षमा उम्मेद्वारी दिएकी सि एस टि सिजन प्रा लि की सञ्चलक ईन्दिरा गुरुङले वैदेशिक रोजगारमा रहेका कामदार र व्ववसायिको हक हितका लागी आवाज उठाउने बताइ्न् । साथै वैदेशिक रोजगारमा पठाउंदा सिपमुलक तालिमहरु दिएर दक्ष कामदार पठाउने बताईन् । २०३६ सालमा धनुषामा जम्एिकी गुरुङ विगत १० वर्षदेखी यसमा आबद्ध रहेकी छन् ।

त्यस्तै सदस्यका उम्मेद्वार सुरेन्द्र अर्यालले वैदेशिक रोजगारमा रहेकाहरुको हक हितका लागी लड्ने बताए । स्यांजा घर भएका अर्याल विगत १५ वर्षदेखी संघमा आबद्ध रहेका छन् ।

फोरमका तर्फबाट अध्यक्षमा गैरे, प्रथम उपाध्यक्षमा संघका पूर्व महासचिव कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमल देव मल्ल, तृतीय उपाध्यक्षमा किशोर केसी, महासचिवमा फोरम कार्यवाहक अध्यक्ष सुजित श्रेष्ठ, कोषाध्यक्षमा ईन्दिरा गुरुङ र सदस्यहरुमा कर्णराज कटुवाल, दिनेश कुमार राय राहुल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबहादुर ईजम र लक्ष्मण पौडेलको उम्मेद्वारी रहेको छ ।

प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलको प्यानल पनि चुनावी मैदानमा छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र समाजवादी पार्टी नेपालसँग निकट रहेका व्यवसायीको तर्फबाट पोखरेलले संयुक्त रुपमा उम्मदवारी दिएका हुन् ।

संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू तेजु रहेका छन् ।

सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार चुनावी मैदानमा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्