मोहनविक्रमले गरे वाम एकताको स्वागत



सैघाली खबर,
काठमाडौं १८ असोज। नेपाल कम्युनिष्ट पार्टी ९मसाल०का महामन्त्री मोहनविक्रम सिंहले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको तालमेलको स्वागत गरेका छन् ।
महामन्त्री सिंहले तालमेलको घोषणा गरेका दलहरुमा सैद्धान्तिक र राजनीतिक चरित्रमा आधारभूत भिन्नता नरहेकाले उनीहरू एक अर्काबाट अलग हुनुभन्दा आपसमा मिल्नु नै सही हुने बताएका छन् ।

सिंहले बुधबार ९आज० एक विज्ञप्ति जारी गर्दै एमाले, माओवादी र नयाँ शक्तिको एकीकरणले नेपालमा कम्युनिष्ट एकीकरणमा मद्दत नपुग्ने भन्दै त्यसलाई वास्तवमा कम्युनिष्टहरूको एकीकरण भन्न नसकिने बताएका छन् । एकीकरणमा सामेल भएका सबै पक्षहरू माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूबाट विचलन भैसकेको र उनीहरूले दक्षिणपन्थी दिशा लिएको उनको आरोप छ ।

आगामी प्रदेश वा संसदीय चुनावमा उनीहरूसित तालमेलका लागि आफ्नो पार्टी खुला रहेको पनि महामन्त्री सिंहले स्पष्ट पारेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्