नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर



काठमाडौं असोज ७ – नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच एक आपसमा सहयोग र सहकार्य गर्नेगरी आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा विदेश विभाग प्रमुख माधव कुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेकपा स्रोतका अनुसार उक्त समझदारी पत्रमा आपसी सहयोग, समझदारी र सहकार्यलाई बढावा दिने विषयहरू समेटिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्