विजयी राेजगार ब्यवसायीलाइ बधाई दिन पुगे निधि



नेपाल बैदेशीक राेजगारी संघमा नेपाली काँग्रेसको सुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमकाे प्यानल नै विजयी भएपछि नेपाली काङ्रेसका उप सभापति एवम पूर्व उपप्रधानमत्री बिमिलेन्द्र निधी उपस्थित भएर बधाई दिएका छन् ।

बुधबार विजयी ब्यवसायीहरू लाई भेट्न पुगेका निधीले नयाँ नेतृत्वकाे कार्यकाल सफलताकाे कामना पनि गरे ।

हिँजाे सम्पन्न निर्वाचनमा विष्णुप्रसाद गैरेकाे लाेकतान्त्रीक समुहले जित हासील गरेकाे हाे । निर्वाचनबाट प्रथम उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहका कमल तामाङ विजयी भएका छन् । त्यसैगरी द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोर कुमार केसी, महासचिवमा सुजितकुमार श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा ईन्दिरा गुरुङ विजयी भएका छन् ।कार्यसमितिका दश वटै सदस्यपदमा समेत लोकतान्त्रिक फोरमका उम्म्दवारहरु नै विजयी भएका छन् ।

विजयी सदस्यहरुमा कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर ईजम, लक्ष्मण पौडेल रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्