मतदाता शिक्षलाई प्रभावकारी बनाइने,जनशक्ति खटाउने तयारी



सैघाली खबर,
काठमाडौं १९ असोज। गएको स्थानीय चुनाबमा धेरै मत बद्दर भएपछि आगामी मंसिर १० र २१ गतेका लागि तय गरिएको संघ र प्रदेशसभा निर्वाचनमा मतदाता शिक्षामा विशेष जोड दिने निर्वाचन आयोगले जनाएको छ ।
मतदाता शिक्षाका लागि बिहीबारबाट प्रशिक्षण सुरु हुने आयोगले जनाएको छ । प्रशिक्षणपछि अर्को साताबाट कर्मचारी कार्यक्षेत्र खटिने बताइएको छ । आगामी संघ र प्रदेशसभा निर्वाचनमा आयोगले मतदाता शिक्षाका लागि करिब २० हजार जनशक्ति खटाउने तयारी गरेको छ ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजनैतिक दलका प्रतिनिधिले दिएको मतदाता शिक्षा पहिलो र दोस्रो चरणको चुनावको भन्दा प्रभाबकारी भएको भन्दै आयोगले मतदाता शिक्षामा पनि सहयोगी बन्न दल तथा तिनका कार्यकर्तालाई आग्रह समेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्