मेलमिलापबाटै द्वन्दकालीन मुद्धाहरु टुंग्याउनुपर्ने देउवाको धारणा



असोज ९ काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलमिलापबाट संक्रमणकालीन न्यायका काम टुंग्याउनुपर्ने धारणा राखेका छन् ।

मानवअधिकार आयोगको आयोजनामा भएको छलफल कार्यक्रममा उनले अब ढिला नगरी द्वन्दकालीन मुद्धाहरु टुंग्याउन र कानुन संशोधन गर्नुपर्ने बताए । उनले दुवै पक्षमा रहेका द्वन्दपीडितको कुरा सुन्नुपर्ने बताए ।

देउवाले स्थायी शान्तिलाई ध्यानमा राखेर न्याय प्रदान गर्नुपर्ने बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्