चुनावी प्रतिस्पर्धामा जान सके बाम तालमेलले कुनैपनि असर नगर्ने



शुसिल बस्नेत, दाङ १९ असोज ।नेपाली काग्रेस र लोकतन्त्र पक्षधर एक भई चुनावी प्रतिस्पर्धा जान सके बाम तालमेलले कुनैपनि असर गर्न नसक्ने नेपाली काग्रेस नेता कार्यकर्ताहरुले बताएका छन् ।

नेपाली काग्रेस क्षेत्र नम्वर ३ को आयोजनामा आज बिहीबार तुलसीपुरमा आयोजना गरिएको कोजाग्रत पूर्णीमाको अबसरमा भएको शुभकामना तथा चियापान कार्यक्रममा सहभागि काग्रेसका नेता तथा कार्यकर्ताले पार्टी बिच हुने गरेको तिक्ता र मनमुटाव कारण अन्य पक्षले फाईदा लिने गरेकामा अब त्यसो हनु नदिन सचेत हुनुपर्ने सुझाब दिएका छन् ।

बाम तालमेल पछि सृजीत राजनीतिक घटनाक्रममा केन्द्रिय तहका बाट भई रहेको लोकतान्त्रीक गठबन्धले समेत काग्रेस र प्रजातान्त्रीक पक्षलाई चुनावी तालमेलमा ठुलो मद्धत पुग्ने अपेक्षा समेत गरिएको छ ।

क्षेत्रीय संयोजक जगत बहादुर खडकाको अध्यक्षता एबम सांसद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्य भएको कार्यक्रममा जिल्ला सदस्य टेकबहादुर वली,जिविसका पूर्ब सभापति भरत केसी,महासमिति सदस्यहरु देबीका नेपाली, महासमिति डिल्लीबहादुर बस्नेत,जोगेन्द्र बिश्वककर्मा,सुष्मा गिरी,महाधिबेसन प्रतिनिधि फल्कुदत्त भण्डारी लगायतले बोल्नुभएको थियो ।

नेपाल तरुण दलका अध्यक्ष टीका घर्ती,जिल्ला सदस्य मुक्ति न्यौपाने,दंगीशरण गाँउपालिका उपाध्यक्ष पीमा खड्का,प्रजातान्त्रीक कानुन ब्यबसायी संघका बिष्णु धिताल,गरीवि निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसी,यातायात ब्यबसायी सुरेश हमाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सह संयोजक घनश्याम ढकालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सहजिकरण सचिव चूर्णबहादुर चौधरीले गर्नुभएको थियो ।नेपाली कांग्रेसले विजयादशमीको अन्तीम दिन कोजाग्रत पूर्णीमाको दिनको अबसर पारी दशै मिलन तथा चियापान कार्यक्रम दाङ लगायत देशभर आयोजना गरिएको छ ।

२०३३ सालमा प्रवासबाट स्वदेश फर्केपछि जन नायक विपी कोईरालाले सुरु गर्नुभएको परम्परालाई निरन्तरता दिदै कोजाग्रत पूर्णीमाको दिन केन्द्रमा हुने शुभकामना आदानप्रदान कार्यक्रम यसपटक संघिय निर्वाचन क्षेत्रमा गरेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्