देवनारायणको बुहारीले भारतीय अदालतमा आज वयान दिदंै



सैघाली खबर
सप्तरी,२० असोज

सप्तरी तिलाठी कोइलाडी गाउँपालिका नम्वर २ का देवनारायण यादवका बुहारी ज्योती कुमारीले आज भारतीय अदालतमा वयान दिनुहुने भएको छ । भारतको सुपौल जिल्ला स्थित बिरपुरको अनुमण्डलीय व्यबहार न्यायलयमा उहाँले बयान दिने कार्यक्रम छ ।

ज्योतीले वयान दिएपछि भारतीय प्रहरीको नियन्त्रणमा रहेको देवनाराण यादव र उहाँका छोरा अजय यादवा लाई रिहा गर्ने सम्भावना रहेको सप्तरीको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो । ज्योतीलाई वयान दिन गत मंगलवार देखि निरन्तर रुपमा पठाइरहेको उहाँले बताउनुभयो । तर भारतीय पक्षले दुख दिने काम गरेको ज्योलीले गुनासो गर्नुभएको छ । वयानको लागी बोलाएर न्यायिक अधिकारीहरुले मुद्दा लम्ब्याउने काम गरिरहेको उहाँले बताउनुभयो । देवनारायणका छोरा अजयले जवरजस्ती वालविवाह गरेको आरोप लगाउँदै भारतीय पक्षले मुद्धा दायर गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्