सैघाली खबर
अर्घाखाँची ,२० असोज
जिल्लाको डाँडाकटेरीबाट बुटवलतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार बिहान दुर्घटनामा परेको छ । लु १ ख ७५१८ नम्बरको बस मालारानी गाउँपालिका–३ सावडाँडामा सडकबाट २ सय मिटर तल खस्दा २ जनाको ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन् । दुर्घटना बिहान ८ः३० बजे भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दुर्घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।
दुर्घटनाको खबर पाएलगत्तै इन्स्पेक्टर रञ्जनबहादुर स्वाँर नेतृत्वको टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थलमा खटिएका प्रहरी अधिकारीसँग सम्पर्क हुन नसकेकाले दुर्घटनाको विवरण आउनमा ढिलाइ भएको प्रहरीले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।