नक्कली प्रहरी बनेर बलात्कार गर्न खोज्ने कारागार चलान



काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाकी एक युवतीलाई अपहरण गरी बलात्कार गर्न खोज्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का वर्ष २४ का संजित राना, २९ वर्षका लोकेन्द्र खडायत र १९ वर्षका अनिल रानालाई पुर्पक्षका लागि शुक्रबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

आरोपित तीनै जनाले गएको भदौ २१ गते मध्यरातमा हामी प्रहरी हौं भन्दै डर, त्रास देखाएर घरबाट अपहरण गरी जंगलमा लगेर बलात्कार गर्न खोज्दा युवती भागेर घटनाबारे प्रहरीलिाई खबर गरेकी थिइन् ।

सो घटनाको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय, कैलाली मार्फत जिल्ला अदालत पेश गरिएकोमा शुक्रबार अदालतबाट तीनै जनालाई पुर्पक्षका लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका नि.कार्यालय प्रमुख दक्ष कुमार बस्नेतले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्