नेपाल स्रष्टा समाजद्वारा दुई स्रष्टालाई सम्मान



नेपाल स्रष्टा समाजले आफ्नो बाह्रौं साधारण सभाको अवसर पारेर दुई स्रष्टालाई सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित एक समारोहका बीच समाजले यस वर्षको सुभद्रा विश्वराज स्रष्टा सम्मानुबाट घनश्याम कँडेललाई र प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मानु बाट महेश पौडेललाई सम्मान गरेको हो ।

यी दुई पुरस्कारको राशी क्रमशः पन्ध्र हजार एक सय एघार र एघार हजार एक सय एघार रूपैयाँ छ । सम्मानित स्रष्टा महेश पौडेलले पुरस्कारले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै मानिसले आफ्ना हरेक क्षणलाई कला, चिन्तन र साहित्यसँग जोड्नुपर्ने भनाइ राखे ।

हाल नेपाली साहित्य भिडभाड, असन्तुष्टि, अस्तव्यस्तबाट शब्द टिपेर कलाको लेपन लगाउनुपर्ने अवस्थामा रहेको भन्दै दुःख व्यक्त पनि गरे । उनले राजनीतिलाई समातेर राष्ट्रको भावना निर्माण हुन नसक्ने बरू त्यस्तो भावना कला, साहित्यले निर्माण गर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्