दुर्घटनामा च्यापिएका ट्रक चालकको साढे ४ घण्टा पछि उद्वार



ओमप्रकाश गुप्ता
भालुवाङ १८ असोज । देउखुरीको राप्ती गाउँपालिका २ बराखुट्टीमा शनिवार राती पाैने ३ बजे भएको सवारी दुर्घटनामा च्यापिएका ट्रक चालकको करिव साढे ४ घण्टा पछि उद्वार गरिएको छ । प्युठान जिल्ला सरूमारानी गाउँपालिका वडा नम्बर ४ बड्डाडाँ  निवासी २७ वर्षिय ट्रक चालक विजय गाहामगरको इलाका प्रहरी कार्यालय,ससत्र प्रहरी र स्थानीयले उद्वार गरेका थिए ।

घाइते गाहा मगरलाई उपचारका लागि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । यस अघि बसमा फसेका चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ निवासी अरूण चाैधरीलाई करिव ३ घण्टा पछि उद्वार गरि बुटवल पठाइसकेको प्रहरीले बताएको छ ।

पुर्ब पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा पुर्बबाट पश्चिम तर्फ गइरहेको ना १ क ४७९३को ट्रक र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ५ ख ५१८३ नम्बरको बस एक आपसमा ठाेकिएर १२ जना घाइते भएका थिए । गम्भीर घाइते मध्ये बसका यात्रु कैलाली जिल्ला गाैरीगंगा नगरपालिका १० निवासी १९ वर्षिय प्रिति चाैधरीलाई कोलपुर रिफर गरिएको छ । भने अन्यको राप्ती सेवा पोलिक्लिनिक भालुवाङमा उपचार पछि घर फर्कि सकेको पोलिक्लनिकले जानकारी दिएको छ ।

दुर्घटनामा बस र ट्रक चालक सहित १२ जना घाइते भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्