कतार फर्कन कसले पाउँछन् ?




कतारमा काम गरेर नेपाल फर्किएका कामदारहरुले कुन कुन अवस्थामा कतार फर्कन पाउँछन् भन्ने जानकारी यो आलेखमा दिइएको छ । यस्तो व्यवस्था जघन्य अपराध गरेका कामदारहरुको लागि भने लागू हुने छैन ।

१. करार अवधि सकेर फर्किएका कामदारहरु
कतारमा काम गरेर आफ्नो कामबाट फिनिस भिसामा आएका वा करार रद्द गरेर आएका कामदार जुनसुकै बेला कतार फर्कन सक्दछन् । करार अवधि सकेर आएपनि भिसा क्यान्सिल नगरेका कामदारको हकमा भने भिसाको अवधि सकिएपछि मात्र कतार फर्कन सक्ने छन् ।

२. करार अवधि नसकिँदै फर्किएका कामदार
कम्पनी बन्द भएर वा अन्य कुनै कारणले भिसा क्यान्सिल गरेर फर्किएका कामदार कुनैपनि बखत कतार जन सक्छन भने भिसा क्यान्सिल नगरी फर्केकाहरुले भने भिसाकोq अवधि नसकिन्जेल कतार आउन पाउँदैनन् ।

३. बिदामा नेपाल गएर नफर्किएका कामदारहरु
बिदामा गएका कामदार छ महिना भित्र कतार फर्कनुपर्ने प्रावधान छ । त्यो अवधि भन्दा बढी अवधि बिदामा बसेका कामदारको हकमा भने भिसा अवधि बाँकी भएमा रोजगारदाताको अनुमति भए कतार कर्कन सक्नेछन् । अन्यथा भिसा अवधि समाप्त भए मात्र जन पाउनेछन् ।

४. सजाय भोगेर फर्किएका कामदारहरु
कतार सरकारले कालोसूचीमा नराखेको र डिपोर्ट नगरेको तर सामान्य सजाय भोगेर कतारबाट फर्किएको व्यक्ति पुनः कतार जान योग्य हुन्छन् । ब्ल्याक लिस्ट र डिपोर्टमा परेका कामदार भने ४ वर्षपछि कतार जान योग्य हुन्छन् ।

५. आममाफी पाएका कामदारहरु
कतार सरकारले दिएको आममाफीको अवसर पाएर नेपाल फर्किएका कुनैपनि कामदारले रोजगारीको प्रक्रियामा भाग लिएर कतार जान सक्नेछन् ।

६. ओभर स्टे भएर नेपाल फर्केका कामदारहरु
ओभरस्टे भएता पनि कानुनी प्रक्रिया पुर्याएर नेपाल फर्किएका कामदारहरु पुनः कतार फर्कन सक्नेछन् ।

यो सामग्री सेन्टर फर माईग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स र क्यू एन खबरको सहयोगमा तयार पारिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्