दाङमा कार र पिकअप ठोकिदा तीन जना घाइते



प्रेम विवश घर्ती
दाङ
बुधवार राती कार र कुखुरा बोक्ने पिकअप ठोकिदा तीन जना घाइते भएका छन् । तुलसीपुर बाट घोराही जाँदै गरेको बा २१ च ३७०६ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको लु २ च ४८६२ नम्बरको पिकअप घोराही उपमहानगर १५ रतनपुरमा एक अपसमा ठोकिएको हो ।

दुर्घटनामा परि घोराही उपमहानगरपालिका १५ का वर्ष ४३ का अभिमन्यू गिरी ,रुन्टीगडी गाउँपालिका २ रोल्पा वर्ष ३७ को रेशम रोका र सोही ठाउँ निवासी वर्ष ३९ का कमल थापा घाइते भएका छन् । घाइतेहरु मध्ये अभिन्यु गिरी लाइ कोहलपुर रिफर गरिएको छ भने रेशम रोका र कमल थापाको राप्ती स्वास्थ्य जिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।

दुर्घटनामा परेका दुबै साधनलाइ प्रहरिले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारि दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्