दाङमा म्यादीका लागि पहिलो दिनमा ३७ जनाको आबेदन



दिपक बोहरा
दाङ, २५ असोज

मंसिर १० र २१ गते हुने प्रदेश र संघको निर्बाचनका लागि म्यादी प्रहरीको आबेदन खुल्ला गरिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । मंगलबार देखी आबदेन खुल्ला गरेको हो । सोही अनुसार दाङमा पहिलो दिन मंगलबार ३७ जनाले आबेदन दिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख भुबनेश्वर तिवारीका अनुसार १० बजे देखी साँझ ४ बजे सम्म आबेदन दिन सकिन्छ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाउँदा पनि करिब एक लाख सुरक्षाकर्मी अपुग हुने भन्दै म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताब मन्त्रीपरिषदमा पेश गरेको थियो । उक्त प्रस्ताब निर्बाचन आयोगले सहमति दिईसकेको गृह मन्त्रालयले जानकारी दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नसक्ने निष्कर्षसहित सरकारले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले म्यादी प्रहरीलाई प्रहरी जवानसरह तलब भत्ता दिने समेत निर्णय गरेको छ । सोही अनुसार अब म्यादी प्रहरीको तलब भत्ता मासिक सत्र हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने निर्णय गरेको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खाना÷खाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्