अन्तर्राष्ट्रिय बालिका दिवस ,देशभर तीनसय बालिका आज रेडियोकर्मी बन्दै



सैघाली खबर
काठमाडौं, २५ असोज

देशभरका सामुदायिक रेडियोबाट आज ३०० बालिकाले एकै साथ कार्यक्रम संचालन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा आयोजना गर्न लागिएको टेक ओभर कार्यक्रममार्फत किशोरीहरुले रेडियोमा सरोकारवालाहरुसँग बहस गर्नेछन् । सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा म बालिका भएकाले भन्ने नाराका साथ छैठौं अन्तर्राष्ट्रिय बालिका दिवस मनाईंदैछ । तीनसय किशोरी आज एकदिन नयाँ रेडियोकर्मीको भूमिकामा देखिने यो नयाँ र पहिलो कार्यक्रम पनि हो ।

यसअघि कहिल्यै रेडियोमा काम नगरेका बालिकाहरुले सम्बन्धित रेडियो बहसमूलक रेडियो कार्यक्रम चुलाउनेछन् । कार्यक्रममा १४ देखि १९ बर्षसम्का किशोरीको सहभागिता रहनेछ आजबिहान साढे । ६ बजेदेखि ७ बजेसम्मको जीवनरक्षा बालसुरक्षा कार्यक्रम सज्जु महर्जनले संचालन गर्नुभएको छ । प्रत्यक्ष बहसमूलक छलफल कार्यक्रममा अतिथिका रुपमा प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्स, प्लान इन्टरनेशनल नर्भेका कार्यकारी अधिकृत केजल एरिक र अधिकारकर्मी अञ्जना शाक्यलगायत रहनु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्