कतारद्वारा न्यूनतम तलब निर्धारण गर्ने कानुन पारित



कतार सरकारले सबै देशका आप्रवासी कामदारलाई लागू हुने गरी न्यूनतम तलब निर्धारण गर्ने कानुन बुधबार पारित गरेको छ । साथै आँउदो जनवरीदेखि यसलाई कार्यान्वयन गर्ने तयारी समेत गरेको छ ।

मन्त्रिपरषद्को बैठकले न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । उक्त मस्यौदालाई सुरा काउन्सिलमा पेश गरिएको छ । कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने हैसियत राख्दछ ।

उक्त कानुन तुरुन्तै कार्यान्वयन गरिने अपेक्षा गरिएको छ ।

खाडीमा कामदारको न्यूनतम तलब तोक्ने कानुन बनाउने कतार पहिलो मुलुक बनेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले कतारको यस निर्णयलाई स्वागतयोग्य कदम भनेको छ ।

कतारमा नेपाली कामदारको संख्या चार लाख रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्