राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला आउँदै



सैघाली खबर
जुम्ला, २५ असोज

राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला आउनु हुने भएको छ । चन्नदननाथ नमुना माध्यमिक विद्यालयमा नवनिर्मित विज्ञान प्रयोगशालाको उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला आउन लाग्नु भएको हो । भण्डारी बिहान साँढे १० बजे जुम्ला आईपुग्नुहुने कार्यक्रम छ । जुम्लामा उहाँले चन्दननाथ भैरबनाथ मन्दिरमा पुजाआजा सहित प्रयोगशालाको उद्घाटन गर्ने कार्यतालिका रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।उहाँका अनुसार जुम्लाको कृषि सम्भावना तथा चुनौतीका बारे अन्तरक्रिया कार्यक्रममापनि सहभागि हुने कार्यतालिका छ ।कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले बताउनुभयो । राष्ट्रपति जुम्ला आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्