एनआरएनए चुनाव अपडेट : मतगणना सकियो, घोषणा केही बेरमा हुने



काठमाडौं, एनआरएन चुनावको मतगणना भर्खरै सकिएको छ । अब केही बेरमा विजयी घोषणा हुँदै छ ।

काठमाडौंको हायात होटलमा चलेको मतगणनाको पछिल्लो सूचना अनुसार कुमार पन्त ७७ भोटले अगाडी थिए । यसैबीच सामाजिक सञ्जालमार्फत पन्तले आफू विजयी हुनेमा ढुक्क रहेको बताएका छन् ।

पछिल्लो मतगणनाको परिणाम अनुसार एनआरएन चुनावका दुई अध्यक्षका प्रतिस्पर्धामा उठेका कुल आचार्य र कुमार पन्तको पक्षमा मतगणना लगभग सार्बजनिक भएको छ । कुमार पन्तले जितेको पक्का भैसकेको छ तर निर्वाचन मन्डलबाट घोषणा भने केही बेरमा हुने छ ।

पन्तलाइ भोट गर्ने प्रतिनिधिहरु बाहिर पन्तलाइ स्वागत गर्न व्यग्र प्रतीक्षामा उभिएको देखिन्छन् छिन छिनको अपटेर र अन्तिम अपडेट अनुसार पन्तले केही भोटले जितेको पक्का भैसकेको छ । सामाजिक संजालमा पन्तको बिजयी पक्का भन्दै बधाई दिइसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्