पत्रकार रिजालको उपचारको लागि सैघाली मिडियाको आर्थिक सहयोग हस्तान्तरण



प्रेम विवश घर्ती,
दाङ

मुटु रोगी पत्रकार महेश रिजाल को उपचार सहयोग अभियानमा सैघाली मिडिया गु्रपले आर्थिक सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ दाङ ले शनिबार रिजाल को उपचार अभियानमा सबैलाइ सहयोग गरिदिन अपिल गरे लगत्तै आइतबार सैघाली मिडिया गु्रपले नगद पाँच हजार रुपैया सहयोग गरेको हो ।

मिडियाका प्रवन्ध निर्देशक रोशनमान श्रेष्ठ र प्रेम विवश घर्तीले महासंघ दाङ का अध्यक्ष सविन प्रियासन लाई सहयोग रकम हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण गर्दै श्रेष्ठ ले यस्तो बेला कसैले पनि ढिला नगरी सहयोगी हात फैलाउनु पर्ने बताए । त्यस्तै महासंघ दाङ शाखा अध्यक्ष प्रियासनले पत्रकारिता मा रिजालको निकै ठुलो योगदान रहेको बताउँदै सबैले यसैगरि सहयोग गर्नु पर्ने बताए भने उपचार सहयोग अभियानमा सक्रिय सहयोग गरेको भन्दै सैघाली मिडिया लाई धन्यवाद दिएका छन् ।

पत्रकार रिजाल लाई उपचार को लागि पाँच लाख रुपैया आवश्यक पर्ने र उनको आर्थिक अवस्था कमजोर भएकोले सो सहयोगको अपिल गरिएको हो । रिजाल अहिले बाँसबारी स्थित सहिद गङ्गालाल अस्पताल मा उपचाररत छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्