को हुन त शनि विश्वकर्मा ?




रोल्पाको एक सामान्य परीवारमा जन्मिएका शनि विश्वकर्मा पछिल्लो समय नेपाली लोक क्षेत्रमा नयाँ आयाम बनेको आईएमई लोक स्टारमा चर्चाको शिखरमा पुगेका छन् । सानै उमेर देखि गाउँ घरमा नै लोक तथा दोहोरी गीत संङगीत गुनगुनाउने शनि सानै उमेरमा नै सफल गायकका रुपमा स्वदेश तथा विदेशमा चर्चा कमाउन थालीसकेका छन् । उनी अझैं अठार वर्ष नपुगेको उनको पारिवारीक स्रोतले बतायो । गाउँमा गाेठाला जाँदा गीत गाउन थालेका उनले जाेड जाेडले गाउने बानीले आफुलाई गायक बनाएको बताउँछन् । ११ बर्षको उमेरमा डराई डराई स्टेज चढेका शनि त्यसको ५ वर्षपछि ‘मर्दले आँटेसी …’ बोलको गीतले युटुवमा भाईरल बने ।

नेपाल लोकस्टार रियालिटी शोको फाइनलमा पुगेका शनि विश्वकर्मालाई विजयी बनाउन उनका समर्थकहरु लागीपरेका छन । कोचहरुको समेत मन जितेका शनिलाई जिताऊँ भन्दै उनका समर्थकहरु आ–आफ्नो ठाउँमा भोट माग्दै हिंडेका छन् । विभिन्न कार्यक्रमहरुमा पुग्ने गरेका शनिले आफूलाई विजयी बनाईदिन समेत अनुरोध गर्ने गरेका छन् ।

सामान्य परीवारमा जन्मियका शनि यस अघि गाउँकै सरकारी विद्यालयमा कक्षा दश सम्म अध्ययन गरेका र उच्च शिक्षाको अध्ययनका लागी काठमाण्डौमा आउँदा आफ्नो गायन कलालाई देखेर विभिन्न संञ्चारका माध्येमहरुले सबै सामु आफ्नो कला पु¥याउन मद्दत गरेको शनि विश्वकर्मा बताउछन । नेपाल लोक स्टारमा टप चारमा पुगेका शनी आफूलाई नेपालकै पहिलो लोक स्टारको रुपमा स्थापित गर्न सबैलाई सहयोग गरीदिन अनुरोध गरेका छन ।
शनिलाइ भोट गर्न एल २४ टाइप गरेर नेपालमा हुनेले ३७०००, भारतमा हुनेले ५३०१० र कतारमा हुनेले ९२३००मा म्यासेज पठाउन सक्नेछन् । फाइनलको लागि असोज २५ गते दिउँसो १२ः०० बजे देखी सुरु भएको भोट प्रकृया यहि कात्तिक ८ गते दिउँसो १२ः०० बजेसम्म गर्न सक्ने नेपाल लोक स्टारले जनारएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्