पछिल्लो विवरण सात दिनभित्र नपठाए म्यानपावरको कारोबार रोकिने



वैदेशिक रोजगार विभागले सबै म्यानपावर कम्पनीलाई पछिल्लो विवरण बुझाउन ७ दिनको समय दिएको छ ।

इजाजत प्राप्त म्यानपावर संस्थाले सञ्चालक र कर्मचारीको विवरण तयार पारी सात दिनभित्र नबुझाएमा कारोबार रोक्का गरिने पनि विभागले जनाएको छ ।

नियमन गर्न सजिलो हुने भन्दै विभागले धरौटी बढाएर म्यानपावरको संख्या घटाउँदै अनुगमन प्रभावकारी बनाएको छ । म्यानपावरको अनुगमनका लागि विभागले छुट्टै निर्देशिका नै बनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्