सैघाली खबर
काठमाडौं, २६ असोज
मेक्सिकोको नुएभो लेओन राज्यमा रहेको एउटा कारागारमा कैदीहरूको दुई समूहबीच भएको विवादपछिको एक झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । राज्यका सुरक्षा प्रवक्ता अल्डो वीवीसीले जनाएको छ । त्यो कारागारमा यसअघि पनि पटक–पटक यस्तै आन्तरिक झगडा र झडप हुँदै आएको थियो । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीकाअनुसार अहिलेसम्म पनि घाइतेहरूको स्पस्ट पहिचान गर्न सकिएको छैन । घटना भएको कारागार अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।