हङकङ सरकारको सुपुर्दगी विधेयक फिर्ता



हङकङ सरकारले औपचारिक रूपमा सुपुर्दगी विधेयक फिर्ता लिएको छ । महिनौंसम्म आन्दोलनको कारण बनेको उक्त विधेयक बुधबार फिर्ता भएको छ । बुधबार हङकङ व्यवस्थापिकाका सुरक्षा सचिव जोन लीले ‘अब म औपचारिक रुपमा सुपुर्दर्गी विधेयक फिर्ता लिने बताए ।’

आफ्नी गर्भवती प्रेमिका हत्या गरी हङकङमा लुकेका ताईवानी च्यान टोङ काईलाई विदेश पठाउन कानुन नभएपछि त्यहाँको सरकारले सुपुर्दगी विधेयक ल्याएको थियो । सोहि कानुनको आडमा चिनियाँ सरकारले हङकङमा भएका मानिसलाई आफूखुसी अपराधी ठहर्याएर लिन दबाब दिन सक्ने भन्दै सर्वसाधारणले त्यसको विरोध गरेका थिए।

त्यहाँको संसदमा विधेयक पेश भएसँगै हङकङमा तनाव बढेको थियो। प्रहरी र आन्दोलनकर्ता बीच कयौं पटक झडप भएको थियो। मंगलबार ताइवान सरकारले च्यानलाई लिन प्रतिनिधिमण्डल पठाउने बताएपनि हङकङले अस्वीकार गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्