आम्दानीको राम्रो स्रोत बन्दै छिटवा



कार्तिक ७, लमही दाङ ।

लमही नगरपालीका ७ बन्गैका सिमान चौधरीको राम्रो आम्दानीको श्रोत छिट्वा बनेको छ । छिटवा बुनेर पनी घर खर्च चलाउन सकीदो रहेछ चौधरीले बताए । पहीले ज्यालादारी काम गर्न अन्यत्र जाने चौधरी अहीले घरमा बसी बसी राम्रो पैसा कमाउन थालेका छन । पहीले अरुको घरमा गई काम गर्दा मुस्कीलले ५ सय कमाउने चौधरीले अहीले छिटवा बुनेर दैनिक १२ सय देखी १४ सय सम्म कमाउने गरेको बताउछन । एउटा छिटवा साईज अनुसार ३ सय पचास देखी ४ सय सम्ममा बिक्री गर्ने गरेको बताउछन ।

बासको चोया निकालेर एक दिनमा तिन देखी पाच वटा सम्म बिन्ने गरेका चौधरीले पहीले पहाड बाट आएका पहाडीले उनका घरमा बिन्दा आफुले छिटवा बिन्न सिकेको बताए । गाउमा छिटवा मल बाेक्न, अन्न पात बोक्न र थारु समुदायमा आफन्त कहाँ जाँदा पाउर पात बोक्नका लागि प्रयोग गरीने भएका कारण अझैपनी गाउँ घरमा छिटवाकाे प्रयोग गर्दै आएका कारण अहीले उक्त छिटवा आम्दानीको स्रोत बनेको बताए । अहीले छिटवा गाउँमा मात्र नभई शहर बजारमा पनि प्रयोग गर्ने गरेको पाईन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्