उपभोक्ताकाे गुनासो अब एप्स बाटै



उपभोक्ता ठगी कमिका लागि आजबाट उपभोक्ता गुनासो मोबाईल एप्स संञ्चालनमा आएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक कार्यक्रममा विभागीय मन्त्री मातृकाप्रसाद यादवले मोबाइल एप्सको शुभारम्भ गरेका हुन ।

उपभोक्ताले बजारमा आफू ठगिएको महसुस भए मोबाइल एप्समार्फत उजुरी गर्न सकिने सफ्टवेयर एप्स वाणिज्य विभागले सञ्चालनमा ल्याएको छ । हाल प्लेस्टोरमा मात्रै उपलब्ध एप्सको नाम ‘उपभोक्ता गुनासो एप्स’ राखिएको छ । उपभोक्ताले मोबाइलमा एप्स डाउनलोड गरेर आफूले बजारमा भोगेका समस्या राख्न सक्नेछन् ।

एप्सको उद्घाटन गर्दै मन्त्री यादवले उपभोक्ताको हक–अधिकार संरक्षण गर्न र विभागमार्फत जनताको कामलाई बाध्यकारी बनाउन एप्स महत्वपूर्ण भएको बताए ।

व्यवसायीहरुलाई पारदर्शी र जिम्मेवार बनाउँदै उपभोक्तामुखी बन्ने बजारलाई प्रतिस्पर्धी बनाउन एप्सले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्